Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

पछिल्लो समय विवाह दर्तामा महिलाकाे अग्रसरता बढ्याे

डोटी । पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ ।

दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले विवाह दर्तामा महिलाको अग्रसरता बढेको जानकारी दिए जिल्लास्थित अल्पकालीन सेवा सङ्घका प्रमुख देवकी बोहराले भनिन्, “आफ्नो पहिचान र अधिकारका लागि महिला नागरिकता लिन थालेका छन् । व्यक्तिगत घटना दर्ता गर्नेको सङ्ख्या वढेको छ । यो आफैँमा राम्रो पक्ष हो ।”

विवाह दर्ता गराउनेको सङ्ख्या बढेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय शारदा नेपालीले बताइन् । उनले भनिन्, “श्रीमानसंगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।” यहाँको दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको सङ्ख्या २५० थियो । चालू आवको माघ मसान्तसम्ममा एक हजार २०० भन्दा बढी पुगेको जनाइएको छ ।

पञ्जिकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको सङ्ख्या बढिरहेको छ । विवाह दर्ता गर्न नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उनले बताए। नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिलाहरु पछिल्लो समय निकै सचेत बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताए । उनले भने, “विगतका वर्षभन्दा अहिले यहाँका महिलाहरु निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending