Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संसद्‍मा हाजिर गरेपछि पूरै समय बस्न प्रतिपक्षी दलको निर्देशन

गणपूरक सङ्ख्या नपुगेर प्रतिनिधि सभाको बैठक यो अधिवेशनमा मात्रै चारपटक स्थगित भएपछि सत्तारूढ र प्रतिपक्षी दलले आफ्ना सांसदलाई संसद्को बैठकमा बस्न निर्देशन दिएको बताएको छ।

संसद्‌मा हाजिरी गर्ने तर अन्तिमसम्म नबस्दा विधेयकहरू टुङ्गिन नसकेको भन्दै सांसदहरूलाई यस्तो निर्देशन दिएको नेकपा र नेपाली काङ्ग्रेसले बताएका छन्।

जारी विधेयक अधिवेशनमा चारपटक प्रतिनिधि सभाको बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए।

योगीले भने, सांसदहरू उपस्थित हुने तर पूरा समय सदनमा नबस्ने गरेको देखिएको छ। एक दिन ५४ जना मात्रै सांसद, दुई दिन ५८र५८ र एक दिन ६५ सांसदमात्रै भएर संसद् स्थगित भएको छ।

गणपूरक सङ्ख्याको अभाव
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव दर्ता गर्न वा निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य अर्थात ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ।

तर पछिल्ला बैठकहरूमा एक चौथाइ सांसद पनि नभएपछि त्यसबारे आफूले सांसदहरूको ध्यानाकर्षण गराएको नेकपाका प्रमुख सचेतक देव गुरुङले बीबीसीलाई बताए।

गुरुङले भने, एजेण्डाहरू निर्णयार्थ प्रस्तुत हुँदाचाहिँ अनिवार्य रुपमा उपस्थित भइदिन र संसद् अवधिभर बसिदिन पछिल्लो समय दिनदिनैजसो भनिरहेका छौँ।

कतिपय सांसदहरू जिल्लामा काम छ भनेर जानुहुन्छ। त्यस्तो बेला त केही भन्न मिलेन।

उनले थपे, तर संसद् आएर पूरा समय नबसिदिएको विषयमा हामीले पटकपटक भनेका छौँ।
संसद्‌मा सरकारले पेश गरेको प्रस्ताव पारित गराउने दायित्व सत्तारूढ दलको हुन्छ तर नेकपासँग झण्डै दुई तिहाइ सांसद सङ्ख्या हुँदा पनि कुनै पनि प्रस्ताव पारित गर्न संसद् बैठक सञ्चालनका लागि चाहिने सदस्य पनि नपुग्ने गरेको छ।

प्रतिपक्षी पनि उस्तै
संसदमा सरकारका प्रस्तावमा प्रश्न उठाउनुपर्ने प्रतिपक्षकै पनि सहभागिता उत्साहजनक नहुने गरेको बताइन्छ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुषालले त्यस्तो समस्या आफ्नो पार्टीका सांसदमा देखिएको स्वीकार गर्दै त्यसबारे निरन्तर निर्देशन दिएको बताइन्।

भुषाल भन्छिन्, प्रमुख प्रतिपक्षीका रूपमा हाम्रा सांसदहरूलाई पनि पूरा समय बस्न निर्देशन दिएका छौँ तर पछिल्लो समय सत्तापक्षका सांसदहरू सदनमा प्रस्ताव पारित गर्ने बेलामा नदेखिएको पाइएको छ ।

त्यतिबेला सङ्ख्या पुर्याउने जिम्मेवारी त उनीहरूको हो।

सांसदहरू पूरा समय सदन नबस्ने कारणले गर्दा विधेयकहरू रोकिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले दुवै दलको ध्यानाकर्षण गराइसकेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

बैठक स्थगनको व्यवस्था
न्यौपानेले भने, संसद् सुरु हुँदा १७०र१८० जना सांसद हुने अनि एकरदुई घण्टा समय बित्दा गणपूरक सङ्ख्या पनि बाँकी नरहने क्रम बढ्दै गएपछि सभामुखले कुरा उठाउँदै हुनुहुन्छ।

संसद्‌मा एक चौथाइ सांसद उपस्थित नभएका बेला प्रस्ताव निर्णयार्थ पेश गर्न खोजिए प्रतिपक्षी दलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्न पाउँछन्।

त्यसरी आपत्ति जनाएपछि तीन मिनेट घण्टी बजाएर उपस्थित सांसदको सङ्ख्या गणना गरिन्छ र ६९ जना सदस्य उपस्थित भएको नपाइए बैठक स्थगित हुन्छ।

संसद् चलेको दिन हाजिर भएपछि सांसदहरूले बैठक भत्ता र सवारीसाधनको भाडा दुई हजार रुपैयाँ पाउँछन्। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending