Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सडक विस्तार रोकियो तर सवारी साधनकाे चाप बढ्याे , उपत्यकामा दैनिक ५०७ गाडी थपिन्छन्

काठमाडौं । साँघुरा सडकमा सवारी चापका कारण राजधानी काठमाडौंको जनजीवन समस्याग्रस्त बनेको छ । बढ्दो सहरीकरण र जनसंख्याको दरमा सडक निर्माण र विस्तार हुन नसक्दा दैनिक घन्टौँसम्म सवारी जाम हुने समस्या छ । सडक विस्तार ठप्प भइसक्यो, तर सवारीसाधन थपिने क्रम भने बढेको बढ्यै छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - बागमती अञ्चलमा पर्ने उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासका रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा ०७५ सम्म १२ लाख ५८ हजार दुई सय ५८ सवारीसाधन दर्ता भएका छन् ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षमा ९१ हजार तीन सय ३८ वटा गाडी दर्ता भएका छन् । यस आधारमा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका आठ जिल्लामा मात्रै १३ लाख ४९ हजार ६ सय एक सवारीसाधन दर्ता भएका छन् ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा मात्रै अहिले १२ लाख गाडी गुड्छन् । उपत्यका भित्रिने र बाहिरिने गाडीको संख्या पनि दैनिक १५ देखि २० हजारसम्म छ । दैनिक एक लाखसम्म यात्रुहरू आवतजावत गर्छन् । तर, उपत्यकामा अहिले सडक विस्तार भने हुन सकेको छैन ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार उपत्यकामा कालोपत्रे एक हजार एक सय २४, गाभेल नौ सय १५ र कच्ची तीन सय ९१ सहित दुई हजार चार सय ३० किमि सडक रहेको छ । त्यसमध्ये रणनीतिक सडक चार सय ९८ किमि मात्रै छ ।

काठमाडौं उपत्यकासहितका आठ जिल्लामा दैनिक सरदर पाँच सय सातवटा गाडी थपिन्छन् । चालू आर्थिक वर्ष ०७६/७७ का ६ महिनाको अवधिमा ९१ हजार तीन सय ३७ सवारीसाधन दर्ता भएका छन् ।

यस आधारमा अहिले दैनिक पाँच सय सातवटा गाडी थपिने तथ्यांक छ । यातायात व्यवस्था विभागका अनुसार आव ०६४/६५ मा दैनिक एक सय १७ वटा अर्थात् ४२ हजार आठ सय ८५ सवारी दर्ता भएका थिए । तर, आव ०७०र७१ पछि भने गाडी थपिने दर झन्डै दोब्बरले बढेको छ ।

आव ०७०/७१ मा ६७ हजार चार सय ४९ सवारीसाधन दर्ता भए । त्यतिवेला दैनिक सवारी दर्ता दर एक सय ८४ थियो । तर, त्यसको पाँच वर्षपछि यो संख्या झन्डै दोब्बरले वृद्धि भएर दैनिक तीन सय ५४ पुगेको छ । विभागका निर्देशक तीर्थराज खनालका अनुसार आव ०७४/७५ मा एक लाख २९ हजार पाँच सय ५७ वटा गाडी दर्ता भएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: