Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महाधिवेशनमा सिटौलाको छुट्टै टिम हुने

दमक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन्।

आजको नागरिक दैनिकमा खबर छ - उनले सभापति शेरबहादुर देउवासँग सहमत नभएकै कारण तेस्रो पक्षको नेतृत्व आफूले गर्नुपर्ने बताए। पार्टीका सबै जनवर्गीय संगठनको अधिवेशन सकिएपछि आफ्नो टिम घोषणा हुने उनले बताएका छन्।

झापाको चन्द्रगढीमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने र त्यसका लागि छुट्टै नेतृत्वलाई स्थापित गर्नुपर्ने बताए।

पार्टी सभापति शेरवहादुर देउवासँग विभाग गठन, केन्द्रीय सदस्य मनोनयनमा मौन रहेका सिटौलाले गृहजिल्लामा पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे।

देउवाले काभ्रेका शिव हुमागाईलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखको जिम्मेवारी दिएका थिए भने झापाका सुधीर कुमार सिवाकोटी आमन्त्रित केन्द्रीय सदस्यको सूचीमा मनोनित गरेका थिए।

हुमागाई र शिवाकोटी दुवै सिटौला पक्षका हुन्। मनोनयनप्रति वरिष्ठ नेतारामचन्द्र पौडेल समूहले विरोध जनाइरहँदा मौन बसेका सिटौलाले भने १४औं महाधिवेशनमा देउवालाई सघाउने विषयमा सोच्न पनि नसकिने बताएका छन्।

‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम छ भने आजै त्यागिदिनुस्। समय आएपछि उम्मेदवारी घोषणा हुन्छ,’ उनले भने, पार्टीका सबै तहका अधिवेशन सकिएपछि मङसिरमा टिमको घोषणा गर्छु।’

लामो समय पार्टीको कोइराला समूहनिकट भएर नेतृत्वमा पुगेका सिटौला कांग्रेसको १३औं महाधिवेशनमा सभापति लडेका थिए।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेललाई नेता नमान्ने भनेर उनले बेग्लै टिम घोषणा गरेर चुनावमा गएका थिए। सिटौलाले पार्टीभित्रका समस्या समाधान गर्न अहिलेको नेतृत्व सक्षम नभएको दाबी गरे।

महाधिवेशनबाट विवाद अन्त्य गर्दै पार्टीलाई गतिशिल बनाउनुपने भन्दै उनले अरुको आलोचना मात्रै गरेर संगठन बलियो नहुने धारणा राखे।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: