भक्तपुर । केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष २०७५÷०७६ र चालु आव २०७६÷०७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्याङ्क सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो ।
प्रहरीले सार्वजनिक तथ्याङ्कका बारेमा जानकारी दिँदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जिल्लामा कर्तव्य ज्यान, सवारी ज्यान, चोरीडाँंका, लुटपाट, अपहरण, लागुऔषध, जबर्जस्ती करणीलगायतका आपराधिक घटनामा कमी आएको जानकारी दिए ।
आव २०७५÷०७६ मा अपराध सम्बन्धी ६७९ वटा मुद्दा दर्ता भएकोमा चालु आव २०७६÷०७७ को माघसम्ममा ४५९ मात्रै मुद्दा दर्ता भएका छन् । उनले गत वर्षको साउनदेखि माघसम्ममा हत्याका पाँंच वटा घटना भएकामा यस वर्षको यो अवधिमा एउटा मात्रै हत्याको घटना घटेको जानकारी दिए।
त्यस्तै गत वर्ष सवारी दुर्घटनामा ३७ जनाको ज्यान गएकामा चालु आवको सोही महिनासम्ममा दुर्घटनामा १७ जनाको ज्यान गएको र यसमा पनि कमी आएको उनको भनाइ छ । अपहरणतर्फ भने गत वर्ष एकवटा अपहरणका घटना घटेकोमा यस वर्षको माघसम्म पनि एक वटा घटना घटेको छ । गत आवमा जबर्जस्ती करणीका ३४ घटना घटेकोमा चालु आवको माघसम्म २१ घटना घटेको जानकारी दिँदै यो सङ्ख्यालाई बढ्न नदिने गरी प्रहरी परिचालन भएको प्रवक्ता गिरीले जानकारी दिए ।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा ३६ लागुऔषधका घटना घटेकोमा चालु आवको माघसम्ममा १० वटा घटना भएको छ । तथ्याङ्कले गत आवको माघसम्म ९९ चोरी डकैती एवं लुटपाटका घटना भएकोमा चालु आवको यही महिनासम्ममा ५५ मात्रै यस्ता घटना भएको देखाएको छ । बैंकिङ कसुरतर्फ भने गत आवको तुलनामा यो आवको माघसम्म बढेको पाईएको छ । गत आवको माघ महिनासम्ममा ७६ वटा बैंकिङ कसुरका घटना भएकोमा चालु आवको माघसम्म त्यो सङ्ख्या बढेर ८२ मा पुगेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जिल्लाको शान्ति सुरक्षालाई चुस्तदुरुस्त पारेकाले घटना कमी भएको दाबी गरे । उनले जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको, प्रहरी परिचालनलाई व्यवस्थित गरिएको, हरेक क्षेत्रमा निगरानी बढाएको, प्रहरीलाई अपराध न्यूनीकरणसम्बन्धी विभिन्न तालीम प्रदान गरिएका कारण आपराधिक घटनामा कमी आएको बताए।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: