काठमाडौं । बोक्साबोक्सी, दाइजोलगायतका कुरीतिविरुद्ध कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । कुरीति/विकृति रोक्न कानुन प्रभावकारी हुनुपर्ने उनीहरूको जोड छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद विन्दा पाण्डेले बोक्साबोक्सी, दाइजोलगायतका कुरीति र विकृतिको अन्त्य हुनुपर्ने बताउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिन् ।
यससम्बन्धमा प्रभावकारी कानुन र विशेष अभियानकै जरुरी रहेको प्रस्तावमा माग गरिएको छ । प्रस्तावको समर्थकमा नवराज सिलवाल, कल्याणीकुमारी खड्का र सरिताकुमारी गिरी थिए ।
सांसद पाण्डेले पेस गरेको प्रस्तावमाथिको छलफलले मन्त्रालयलाई रणनीतिक कार्ययोजना बनाउन मद्दत पु(याउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताए ।
मन्त्रालयले नीति, नियम, कार्ययोजना बनाउँदा पनि तत्कालीन, अल्पकालीन, दीर्घकालीन छुट्याएर बनाउने उनको भनाइ थियो । ‘कानुन प्रभावकारी नहुँदा विकृति मौलाएको माननीयहरूको भनाइ छ ।
कानुनलाई प्रभावकारी बनाउन कार्ययोजना र रणनीति बनाउने विश्वास दिलाउन चाहन्छु,’ उनले भने । सांसद नवराज सिलवालले बोक्साबोक्सी, एसिड आक्रमण, दाइजोलाई स्विकार्न नसकिने भन्दै ‘नेसनल एक्सन प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । कुरीति र कुप्रथाविरुद्ध कानुन बनाउँदा पनि निमिट्यान्न हुन नसकेको उल्लेख गर्दै उनले संसद्को भूमिका पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
सांसद सरिता गिरीले ऐन कार्यान्वयन हुन नसक्दा बर्सेनि दर्जनौँ महिलामाथि अमानवीय व्यवहार गरिएको र महिलाहरूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको बताइन् ।
दाइजोको निहुँमा बुहारीहरू जलेर मर्नुपरेको र दाइजो नदिँदा ससुरालीमा गएर त्यसको मूल्य चुकाउनुपरेको उनले बताइन् । छोरीलाई दाइजोभन्दा शिक्षा दिनुपर्नेमा उनको जोड थियो । एसिडबाट पनि महिलाहरू पीडित हुनुपरेको भन्दै उनले एसिड बेचबिखनमा कडाइ गर्नुपर्ने बताइन् ।
सांसद कृष्णभक्त पोखरेलले यस्ता कुरीति अन्त्य गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर अभियान चलाउनुपर्ने बताए । संसद्ले पनि अभियान थाल्नुपर्नेमा उनको जोड थियो ।
‘समाजका कुरीति अन्त्य गर्न संसद्ले पनि अभियान थालौँ । हामीसँग कानुन छ, तर कार्यान्वयन छैन । यो गम्भीर चिन्ता हो । नेपाली समाजमा त्रुटिपूर्ण मान्यता अहिले पनि छ,’ सांसद पोखरेलले भने, ‘गाउँगाउँमा निरन्तर अभियान चलाऔँ । एउटा पनि अपराधीलाई नछाड्ने गरी कानुनी कठघरमा उभ्याऔँ । अर्को पुस्ताका लागि यो मुद्दा बाँकी नराखौँ ।’
सांसद पार्वताकुमारी डिसीले कुरीतिरकुप्रथा अन्त्यका लागि पहिला सांसद, नेताहरू नै सुध्रनुपर्ने बताइन् । सांसदहरूले नै सम्पत्ति विवरणमा ‘दाइजोबाट पाएको’ लेख्ने गरेकामा उनको आक्रोश थियो ।
सांसद सत्य पहाडीले आडम्बर संस्कारबाट यस्तो प्रवृत्तिको विकास भएको जिकिर गरिन् । सरकारले रणनीति बनाएर अभियान सञ्चालन गर्दा मात्रै यसको अन्त्य हुने उनको भनाइ थियो । यसका लागि भण्डाफोर अभियान नै सञ्चालन गर्नुपर्ने सुझाइन् ।
नमुना गाउँ निर्माण गर्ने र अभियान सञ्चालन गरेर कुप्रथाको अन्त्यका लागि लाग्नुपर्ने बताइन् । सांसद थममाया थापाले सरकारले विभिन्न अभियान सञ्चालन गरेको र त्यसलाई निरन्तरता दिनुपर्ने बताइन् । अघिल्लो वर्ष पनि महिला हिंसाविरुद्ध सोह्रदिने अभियान सञ्चालन भएको उदाहरण दिइन् ।
स्थानीय सरकार प्रभावकारी भएकाले त्यहाँका प्रमुख वा उपप्रमुखको नेतृत्वमा संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताइन् । हरेक स्थानीय तहमा महिला बालबालिका हेर्ने निकाय भए पनि त्यसले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: