काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो । उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बैठक आह्वान भएपछि नेताहरूले ‘वामदेव प्रकरण’बारे पक्कै छलफल हुने ठाने । ‘एजेन्डा जानकारी गराइएको थिएन । विवादमा राष्ट्रियसभाको मनोनीत एउटा कोटामा वामदेव गौतम वा डा। युवराज खतिवडा भन्ने विषय थियो । यसमै छलफल केन्द्रित होला भन्ने अनुमान थियो’, सचिवालयका एक सदस्यले भने, ‘त्यही भएर बैठक आह्वानलगत्तै नेताहरू आआफ्नो तयारीमा लागेका थिए ।’
प्रधानमन्त्री केपी ओली भने ग्रान्डी अस्पताल गए । उनले त्यहाँ गाडी दुर्घटनामा परी उपचाररत नेकपा मालेका महासचिव सीपी मैनालीलाई भेटे । मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । लगत्तै उनी आफ्नो नियमित स्वास्थ्य परीक्षणतिर लागे ।
त्यही बेला उपाध्यक्ष वामदेव गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेका थिए । दाहालसँग बिहान झन्डै एक घण्टा बातचित गरी उनी त्यहाँबाट बाहिरिए । दाहाल भने ऊर्जामन्त्री वर्षमान पुनलगायत केही नेतासँग सामान्य छलफल गरी सचिवालय बैठकका लागि बालुवाटारतर्फ हिँडे ।
उनी बीचमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर छिरे । उनीहरूबीच केही बेर छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयका अन्य सदस्य जुट्न थालिसकेका थिए । रामबहादुर थापा भने पोखरामा रहेकाले उपस्थित थिएनन् । दाहालसहित अन्य नेता भेला भइसक्दा पनि प्रधानमन्त्री ओली ग्रान्डीमै थिए ।
प्रतीक्षाको केही बेरपछि प्रधानमन्त्री ओली आइपुगे र बैठक कक्षमा प्रवेश गरे । उनले आफू स्वास्थ्य फलोअपका लागि बाहिर रहेकाले आइपुग्न केही ढिला भएको भन्दै बैठक आरम्भ गरे । ‘म सुरुमै मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँछु’, उनले भने, ‘म अब मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जाँदैछु । यसको योजनाका विषयमा म तपाईंहरूलाई केही जानकारी दिन्छु ।’
त्यसपछि प्रधानमन्त्रीले आफ्नो उपचार तयारीबारे बैठकमा अवगत गराए । ‘भोलि अस्पताल भर्ना हुन्छु । बुधबार प्रत्यारोपणको प्रक्रिया सुरु हुनेछ’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने । प्रधानमन्त्रीले आफ्नो उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुन लागेको र त्यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
गौतमका विषयमा छलफलको अपेक्षा राखेका नेताहरू त्यसपछि त्यता प्रवेश गरेनन् । उनीहरूले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरे । करिब २५ मिनेटमा बैठकै सकियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारका विषयमा मात्र जानकारी गराएकाले अन्य कुनै छलफल नभएको बताए ।
‘बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्योपचार योजनाबारे सचिवालयलाई जानकारी गराउनुभयो । यही बुधबार उहाँको मृगौला प्रत्यारोपणको शल्यचिकित्सा हुने योजना छ । त्यसका लागि उहाँ भोलि (सोमबार) अस्पताल भर्ना हुनुहुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्रिवि शिक्षण अस्पतालमा उहाँको शल्यचिकित्सा हुनेछ । पार्टीले शल्यचिकित्सा सफल रूपमा सफल होस् भन्ने कामना गरेको छ । यसबाहेक अन्य केही छलफल सचिवालयमा भएन ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: