Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अलमलमै देउवा

काठमाडौं । १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको नारा थियो–‘सुदृढ कांग्रेसका लागि दृढ देउवा।’ त्यति मात्र होइन, देउवाले प्रत्येक महाधिवेशन प्रतिनिधिलाई उनीहरूको राजनीतिक प्रोफाइलसहितको पत्र लेखे। पत्रमा आफू सभापति निर्वाचित भए सबैलाई पार्टीमा मूल्यांकन गर्ने र उचित स्थान दिने उल्लेख थियो।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - गुट हावी भएको र नेतृत्वले समान अवसर नदिएको भन्दै तत्कालीन नेतृत्वको आलोचना भइरहेका बेला देउवाले गुटगत राजनीतिबाट पार्टीलाई बाहिर ल्याउने नारा दिए। उनले परिणामसमेत आफ्नो पक्षमा ल्याए। देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल शुक्रबार सकिँदै छ।

संगठन सुदृढ बनाउने र पार्टीभित्र सबैलाई मिलाएर लैजाने नारा दिएका देउवाको चारवर्षे कार्यकाल अघिल्ला नेतृत्वभन्दा फरक देखिएन। पार्टीमा गुटगत राजनीति संस्थागत बन्न पुग्यो भने संगठन कमजोर भयो। न उनले विधानअनुसार पार्टी सञ्चालन गर्न सके न त पार्टीलाई एकढिक्का नै राख्न सके।

महाधिवेशनमा देउवा समूहबाट महामन्त्री उम्मेदवार बनेका अर्जुननरसिंह केसी पार्टी अस्तव्यस्त बनेको टिप्पणी गर्छन्। ‘आफ्नै वरपर बस्ने र गुटको सीमित स्वार्थमा अल्झिने परिस्थिति बन्यो। उहाँले पार्टीलाई पुनर्जीवित गर्न सक्नुभएन’, केसी भन्छन्, ‘पार्टी सभापति सबैको साझा संस्था हो। विचारमा भिन्नताका बाबजुद सबैलाई संयोजन गर्नेतर्फ सोच्नुपथ्र्यो, त्यो भएन।’

सुरुमा देउवासँगै रहेका डा। चन्द्र भण्डारी सभापतिले गुट बलियो बनाउने गरी पार्टी सञ्चालन गरेको बताउँछन्। ‘उहाँले गुटलाई प्राथमिकता दिनुभयो’, उनी भन्छन्, ‘न विधिअनुसार पार्टी चलाउनुभयो न त विवेक प्रयोग गरी पार्टीमा सबैलाई न्याय र अवसर दिनुभयो।’

विधानतः महाधिवेशनको दुई महिनाभित्र केन्द्रीय विभाग गठन गर्नुपथ्र्यो। देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि मात्र गठन गरे। त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको असहमति छ। ‘यसले पनि उहाँको कार्यशैलीलाई स्पष्ट पार्छ’, नेता केसी भन्छन्, ‘वैधानिक कार्यकाल सकिन दुई दिनअघि विभाग गठन गर्नुभयो। यसअघि कसले रोकेको थियो रु ढिलासुस्ती र सुस्त गतिमा संगठन सञ्चालन गर्नुभयो।’

संस्थापन पक्षका नेता भने सबैलाई समेटेर लैजान खोज्दा ढिलाइ भएको दाबी गर्छन्। ‘उहाँले सबैलाई लैजान खोज्दा पदका लागि बार्गेनिङ गर्ने र त्यसलाई कमजोरी मानेर निरन्तर प्रहार गर्ने काम भयो’, केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘गुट व्यवस्थापनमा असफल देखिनुभयो। उहाँले सबैलाई मिलाएर लैजान खोज्नुभयो, जसलाई अर्को पक्षले कमजोरीका रूपमा लियो।’

देउवा सभापतिमा निर्वाचित भएलगत्तै नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन भएको थियो। तर, भ्रातृसंस्था तदर्थवादबाट चलेका छन्।

‘लामो समयदेखि भ्रातृसंस्थाका अधिवेशन हुन सकेको थिएनन्। उहाँकै नेतृत्वमा अधिवेशन भए’, सहमहामन्त्री डा। प्रकाशशरण महत भन्छन्, ‘पार्टी सञ्चालनको अधिकार विधानले दिए पनि, बहुमत भए पनि उहाँले त्यसको प्रयोग नगरी सहमति खोजेर अगाडि बढ्छु भनेर कोसिस गर्नुभयो। तर, सहयोग पाउनुभएन।’

देउवाको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न हुनु ऐतिहासिक सफलता भएको उनको दाबी छ। ‘मुलुकमा निर्वाचनको वातावरण नै थिएन। मधेसकेन्द्रित दलहरू निर्वाचन बहिष्कारमा थिए’, उनी भन्छन्, ‘तर, उहाँले तीन तहको निर्वाचन गराउनुभयो।’

निर्वाचनमा लज्जास्पद पराजयपछि कांग्रेसमा यसको जिम्मा कसले लिने भन्नेमै दुई वर्ष बित्यो। देउवाले एकलौटी पार्टी सञ्चालन गर्न खोजेको भन्दै असन्तुष्ट समूहले पटक–पटक बैठक बहिष्कार गर्‍यो। ‘अलग्गै परिस्थिति देखाउँदै सभापतिले थप ६ महिना दललाई यसै राख्न सक्छन्। यही पिरलोमा कांग्रेस कार्यकर्ता छन्’, केन्द्रीय सदस्य डा।शेखर कोइराला भन्छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: