Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

देश र जनताको हितलाई प्रेरित गर्ने समाचार लेख्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा उनले सरकार निरन्तर राजनीतिक अस्थिरताको चक्रब्यूहमा परिरहे देशको के होला भनी प्रश्न गरे ।

उनले भने, “राजनीतिक नेतृत्वको मनोदशा कसरी सरकारमा टिक्ने, ढाल्ने भन्नेमै चलिरह्यो भने अरु एजेण्डा के हुन्छन्, यो अहिलेको यथार्थ हो, सञ्चार क्षेत्रले यो कुरालाई कसरी लिने, कसरी हेर्ने भन्ने विषय हो, सार्वजनिक पदमा बसेका व्यक्तिको काम गराइ पब्लिक अडिटमा बेरुजु देखिनुहुन्न ।”सञ्चार क्षेत्रले यस्तो खाले परिवेश बुझ्न जरुरी रहेको बताउँदै उनले लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रियामा रही देश र जनताको हितका लागि प्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सुझाव दिए ।

उनले विभिन्न पेशामा संलग्न भए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय कार्यक्रममा एकाकार हुन सबैमा आह्वान गरे । नेपालीको खुशी र समृद्धि तथा स्वाभिमान जगाउन र आत्मनिर्भर बनाउन इञ्जाले खेलेको भूमिका प्रशंसनीय रहेको उनले उल्लेख गरे । “आफू जहाँ गए पनि देशप्रति सम्मान भाव राख्ने, भलो चिताउने, देशभक्तिको भावनालाई कायम राख्ने र मातृभूमिप्रति सहयोग पुर्याउन तत्पर रहने नेपालीको परम्परा रहेकाले इञ्जाले सम्मान र पुरस्कार प्रदान गर्ने राम्रो कामको थालनी गरेको छ, यसले निरन्तरता पाउनुपर्छ”, उनले भने ।

समारोहमा मोफसलमा रही नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने वरिष्ठ साहित्यकार चूडामणि रेग्मीलाई एक हजार डलरसहितको इञ्जा स्रष्टा सम्मान प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका गुरुङले उपलब्ध गराएकी हुन् ।

पत्रकारद्वय मेनका ढुङ्गाना (अछाम) र प्रकाशसिंह (बाजुरा)लाई जनही ५०० डलर राशिको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गरियो । पुरस्कारका लागि उक्त रकम अमेरिकामा रहनुभएकी सुनिता खत्रीले सौजन्यस्वरुप उपलब्ध गराए । ढुङ्गानालाई छाउपडी र सिंहलाई कुपोषणसम्बन्धी खोजमूलक समाचारका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्षसँग आवश्यक छलफल नै नगरी अघि बढाइएको भनी गुनासो गरे । नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्र व्यावसायिक रुपमा अघि बढिरहेको बताए ।

पुरस्कार छनोट समितिका संयोजक तीर्थ कोइरालाले स्रष्टालाई सम्मान र समाजमा देखिएका विकृति तथा विसङ्गतिलाई गहिरोरुपमा चिरफार गर्ने सञ्चारकर्मीलाई प्रदान गरिएको पुरस्कारले सत्कर्म गर्नेलाई प्रेरणा मिल्नेछ भने । इञ्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेलले विश्वभर छरिएर रहेका नेपाली पत्रकारबीच सम्पर्क र समन्वय गर्न सहज होस् भन्ने हेतुले गठन भएको इञ्जाले सेवामूलक संस्थाका रुपमा पत्रकारलाई प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

संस्थाका केन्द्रीय उपाध्यक्ष टङ्क पन्तले संस्थाले पत्रकारलाई प्रेरित गर्न सामुदायिक र साहसिक पत्रकारिता पुरस्कारको अतिरिक्त स्रष्टासम्मान कार्यक्रम गर्दै आएको बताए । समारोहमा नेपाल टेलिभिजनका अध्यक्ष विष्ट, नेपाल समाचारपत्रका प्रधानसम्पादक कपिल काफ्ले, प्रेस काउन्सिल नेपालका सदस्य सङ्गीता खड्का, राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य किरण पोखरेल र संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष कृष्णा पौडेललाई सम्मान गरिएको थियो । समारोहमा उपचाररत पत्रकार कमल पौडेलको सहयोगका लागि इञ्जाले सङ्कलन गरेको रु १४ लाख उनको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending