Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

रातो हुनुपर्नेमा कफी कालो भएपछि...

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् ।

यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताए । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् ।

उनले कफीबाट गत वर्षमा दश १५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोखे । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन । सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ ।

कफीका देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताए । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नुपरेको स्थानीयवासी लिलाबहादुर बरालले बताए ।

जिल्लामा गत आर्थिक वर्ष २०७५/०७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत यस गाउँपालिकामा एक करोडको कार्यक्रम रहेको जानकारी दिए । उनले गाउँपालिका क्षेत्रबाट वार्षिक रु एक करोडभन्दा बढी कफी जिल्ला बाहिर निकासी हुने बताए।

बाँदरले अन्न बालीमा क्षति गर्न थालेपछि यहाँका किसानले व्यावसायिक रुपमा कफी र दालचिनी उत्पादन गर्दै आएका थिए । व्यावसायिक रुपमा उत्पादित कफी खेतीमा समेत रोग लागेपछि किसान चिन्तित बनेका हुन् । कफी स्थानीयस्तरमा सङ्कलन गरी रुपन्देही जिल्लामा निर्यात हुन्छ । जिल्लामा उत्पादित कफी काठमाडौँ हुँदै विदेशमा समेत निर्यात हुन्छ ।

गत वर्ष राम्रो आम्दानी हुँदै आएको यस वर्ष कफी खेती राम्रो उत्पादन भए पनि फलबाट आम्दानी लिने वातावरण नभएको जनाइएको छ । जिल्लाको पश्चिम क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती, जुठापौवा, बल्ढेगढी, सुकदमार, चिदीपानी, काउले, गहतेमा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ ।

पछिल्लो समय रोगका कारण किसान चिन्तित छन् । स्थानीय तहमा कफी सङ्कलन केन्द्र स्थापना गरी व्यावसायिक बनाउन सकेको अवस्था कफी खेतीबाट युवाले प्रशस्त आम्दानी गर्न सक्ने व्यवसायीको दाबी छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending