Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विमानस्थलबाट ५८ विद्यार्थी फर्काइएकोमा इक्यानको आपत्ति

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० ले उच्चशिक्षा अध्ययन गर्न साइप्रस जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट ५८ जना विद्यार्थी फर्काइएकोमा आपत्ति जनाएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी)आशयपत्र गलत भएको आशंकामा विभागले विद्यार्थी फर्काएको थियो। इक्यानले विद्यार्थी फिर्ता भएको घटनालाई गम्भीर भएको जनाउँदै सरकारले ती विद्यार्थीलाई क्षतिपूर्ति दिन माग गरेको छ।

शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय अभावको कारण विद्यार्थीहरू मर्कामा परेको आरोप लगाउँदै इक्यानका अध्यक्ष प्रकाश पाण्डेले त्यस विषय तत्काल छानबिन गर्न माग गरेका छन् ।

‘सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ति दिन हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अध्यागमन विभागलाई अनुरोध गरेका छौं’–इक्यानका अध्यक्ष पाण्डेले भने ।

गएको ८ गते बिहान २ बजे बोर्डिङ पास लिएर विमानतर्फ जाने क्रममा अध्यागमन विभागका कर्मचारीले ती विद्यार्थीको एनओसी नक्कली भएको आशंकामा विमानस्थलबाटै फिर्ता गरेको थियो।

घटनाको बारेमा जानकारी पाउनासाथ बुधबार शिक्षा मन्त्रालय र विभागका अधिकारीसँग भेट गरी क्षतिपूर्ति मागेका थियौं –पाण्डेले भने । उनले सो घटनाले गर्दा सरकारप्रति नै विश्वास गुमेको आरोप लगाए ।

यो विषयमा शिक्षा मन्त्रालयसमक्ष बारम्बार आग्रह गर्दा पनि कतैबाट सुनुवाइ नहुँदा निर्दोष विद्यार्थीले समस्या भोग्नुपरेको उहाको भनाइ छ। ‘यसले गर्दा केही दलाल तथा बिचौलियाले फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रस्ट हुन्छ’ –अध्यक्ष पाण्डेले भने ।

तर, विभागका अधिकारीसँग भेट गर्ने क्रममा ५८ मध्ये ४ जनाको नक्कली एनओसी भेटिएको बताएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: