Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अमेरिकी नीतिमा भारतको साथ, मोदी इन्डोप्यासिफिकको पक्षमा

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको ‘इन्डो प्यासिफिक रणनीति’(आईपीए) विश्व हितमा रहेको बताएका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो धारणा बाहिर ल्याएका हुन् । उनले भारत र अमेरिकाबीचको सहयोग समान लोकतान्त्रिक मूल्य र उद्देश्यमा आधारित रहेको स्पष्ट पारे ।

‘हामी दुवै मुलुक विश्वमा कनेक्टिभिटी र पूर्वाधार विकासमा दिगो तथा पारदर्शी वित्तीय लगानीका लागि सहमत छौं। हाम्रो आपसी तालमेल दुई मुलुकका लागि मात्र नभएर विश्वकै हितमा छ,’ मोदीले भने। चीनले सन् २०१३ मा ल्याएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० रणनीतिमा भारतको समर्थन नभएको अवस्थामा मोदीले अमेरिकालाई आईपीएसमा खुला साथ दिएका हुन् ।

एसिया, युरोप, अफ्रिकालगायत ७० भन्दा बढी मुलुकमा बीआरआई रणनीतिअनुरूप आफ्नो शक्ति विस्तार गरिरहेको चीनलाई टक्कर दिन अमेरिकाले ल्याएको आईपीएसमा भारतको साथ स्वाभाविक देखिएको छ।

चीनले बीआरआईलाई विश्वव्यापी हितमा बताइरहँदा भारतीय प्रधानमन्त्री मोदीले ट्रम्पसँगै उभिएर आईपीएस विश्व हितमा रहेको बताएका छन्।

दुई देशबीच आपसी सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा अघि बढाउने सहमति भएको छ। ठूला व्यापारिक सम्झौताका लागि वाणिज्यमन्त्रीस्तरीय वार्तामा भएका सहमतिलाई कानुनी रूप दिने सहमति भएको मोदीले बताए।

दिल्लीमा भड्किएको हिंसालाई ट्रम्पले भारतको आन्तरिक मामिला भनेका छन्। यस्तै उनले मोदीलाई धार्मिक स्वतन्त्रता पक्षधरको संज्ञा दिएका छन्। ट्रम्प र मोदीको निकटता, घनिष्ठता र एकअर्काको चासोले दक्षिण एसियामा चीनसँगको शक्ति सन्तुलनका लागि दुई मुलुकबीच रणनीतिक साझेदारी अघि बढेको देखिन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: