Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

नेकपामा गौतमको तागत

काठमाडौं । पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ?

उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान’ गर्नु। त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन्।

गौतम निकट केन्द्रीय सदस्य हरि पराजुलीका शब्दमा, पार्टीको बाहिरी संगठनात्मक क्षेत्रमा गौतम कमजोर देखिए पनि भित्री समीकरणमा शक्तिशाली छन्। सोही कारण ओली, दाहाल र नेपालसम्मलाई उनको आवश्यकता परेको हो।

‘तत्कालीन एमाले र माओवादी एकीकरण प्रक्रियामा वामदेव नभई भएन। अध्यक्षकै पुस्ताका नेता पनि उहाँ (वामदेव) हुनुहुन्छ। वामदेवसँग बाहिरी शक्ति नदेखिए पनि भित्री शक्ति बलियो छ। जोडघटाउका सबै गतिविधिमा उहाँको महत्व बढेकै छ,’ पराजुलीको ठम्याइ छ।

पार्टीभित्रै अर्को आशंका छ, जस्केलाबाट सांसद बनाएर उनलाई कताबाट प्रधानमन्त्री बनाइन्छ ? ओली र दाहालबीच सरकार र पार्टीको कार्यकारी अधिकार पाँचै वर्षका लागि बाँडिएको छ। उसो भए गौतमको चाहना के त ? उनी निकट नेता पराजुली भन्छन्, ‘संविधान संशोधन गरेर दुवै सदनका बीचमा देखिएको विभेद अन्त्य गरे पनि उहाँ (वामदेव) प्रधानमन्त्री बनिहाल्ने भन्ने होइन। राष्ट्रियसभा सदस्य मात्र हुन उहाँ किन जाने ? प्रधानमन्त्री बन्न नपाए पनि कम्तीमा मन्त्री त बन्न पाउनुपर्‍यो नि ? त्यसका लागि पनि संविधान संशोधन चाहिन्छ।’

नेकपामा जसरी गौतम शक्तिशाली देखिँदै छन्, त्यो हेर्दा उनको दैनिकी व्यस्त हुनुपर्ने हो। नेता–कार्यकर्तासँगको भेटघाट बाक्लो हुनुपर्ने। कार्यक्रमको चाप पनि उत्तिकै हुनुपर्ने। तर, पछिल्ला तीन दिनयता उनीसँग हरि पराजुली, बलराम बाँस्कोटा, सुमन प्याकुरेल, नरबहादुर धामी, जीवनराम श्रेष्ठलगायत सीमित नेताले मात्र भेटेका छन्।

गौतमले भने मंगलबार साँझ अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँग भेटघाट गरे। संविधान संशोधनका लागि पार्टीले बनाएको कार्यदल विवादबारे छलफल गरे। त्यसअघि दिउँसो महासचिव विष्णु पौडेलसँग कुराकानी गरे।

पार्टी सचिवालयदेखि स्थायी समितिसम्म उनकै लागि मरिहत्ते गरेर लाग्ने नेता उनी पछाडि अहिले एक जना पनि देखिन्नन्। राम्रै होस् भन्ने शुभचिन्तक भने केही छन्। केन्द्रीय समितिमा बाँस्कोटा, पराजुली, केशवलाल श्रेष्ठ, सावित्रीकुमारी भुसाल, यमलाल कँडेल, उमादेवी कोइराला, लालबहादुर विक, गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर रानालगायत एक दर्जन जति नेता उनी पक्षमा चिनिएका छन्। संघीय संसद्मा दार्चुलाका गणेशसिंह ठगुन्ना, बझाङका भैरवहादुर सिंह, काभ्रेकी नवीना लामा, पत्नी तुलसी थापा, राधा ज्ञवाली उनका लागि पछि लाग्न सक्ने देखिन्छन्।

पार्टीको गुट राजनीतिमा विगतभन्दा ‘कमजोर’ बन्दै गए पनि व्यक्तिगत रुपमा भने उनी नेकपाभित्र शक्तिशाली देखिन्छन्।

‘अध्यक्ष दाहालले उहाँलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव पार्टीको सचिवालय बैठकमा गर्नुभयो। त्यसपछि प्रधानमन्त्री ओलीले त्यसमाथिको पद उपाध्यक्ष नै बनाउने प्रस्ताव राख्नुभयो,’ एक सचिवालय सदस्यले भने, ‘संगठन विभाग प्रमुख अनि दुई महिना नबित्दै विधानमै नभएको उपाध्यक्ष पद विधान संशोधन गरेर सिर्जना गर्ने र उपाध्यक्ष बनाउने सम्मको प्रस्ताव अध्यक्षद्वयले सचिवालयमा ल्याउनुभयो। केन्द्रीय समितिले पारित गरेर उहाँलाई उपाध्यक्ष बनाइयो।’

गौतम गत प्रतिनिधिसभा चुनावमा देशभर वाम गठबन्धनले चुनाव जितिरहँदा बर्दिया १ बाट पराजित भए। तर उनले ५ वर्षसम्म चुप बस्ने नीति लिएनन्।

निर्वाचित सांसदलाई राजीनामा गराई उपचुनाव गराउने र त्यसमार्फत आफू संसद् छिर्ने दाउ रचे। कहिले डोल्पा, कहिले काठमाडौंसम्मका निर्वाचन क्षेत्रमा वामदेवका आँखा परे। काठमाडौं ७ का सांसद (हालका सहरी विकास राज्यमन्त्री) रामवीर मानन्धरलाई राजीनामाको पत्र नै लेख्न लगाई पार्टी सचिवालयमा अध्यक्ष दाहालमार्फत प्रस्तुत गर्न लगाए। तर उनको संसद् छिर्ने दाउमा भने सधैं पार्टीभित्रै छेकबार लाग्दै आयो।

उनको चाहना सम्बोधन गर्न अन्ततः अध्यक्षद्वयले उनलाई कास्की– २ का दिवंगत सांसद रवीन्द्र अधिकारीको क्षेत्रमा उठ्न प्रस्ताव गरे। गौतमले चाहेनन्। उनलाई राष्ट्रियसभाको दुईवर्षे कार्यकाल सकिएका सांसदका रिक्त स्थानमा चुनाव लड्न नेताहरूले आग्रह गरे।

त्यसपछि उनले संविधान संशोधन गरेर राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदका बीचमा रहेको विभेद हटाउनुपर्ने सर्त राखे। उनी निर्वाचन लड्न गएनन्। उनले पार्टी सचिवालयका बहुमत सदस्यलाई ‘कन्भिस’ गरेर संविधान संशोधन कार्यदल निर्माणसम्म पुर्‍याए। त्यसका लागि उनले आफ्नै निवासमा पुस २३ मा अध्यक्ष दाहालसहितका बहुमत सचिवालय सदस्यको भेला गरे।

नेकपाभित्र पार्टीको निर्णय गर्ने निकाय सचिवालय बन्दै आएको छ। त्यसमा शीर्ष नेताहरूको समीकरणमा गौतम जता ढल्किन्छन्, उतै उनले बहुमत पुर्‍याउन सक्ने क्षमता प्रदर्शन गरिरहेका छन्। जसका कारण पनि गौतमलाई नेताहरुले ‘उपयोग’ गर्न खोजिरहेका छन्। उनी अध्यक्ष ओली, दाहालदेखि वरिष्ठ नेता नेपालसम्मलाई पनि आपूm अनुकूल उपयोग गर्न सजिला बनिदिन्छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies