Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विवाहित छोरीलाई पनि अंश

हेटौंडा । हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन्। उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ।

२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बनाए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हेटौंडाका नागरिक भने नमुना बनेका छन्।

हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन। उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरू यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरूको भनाइ छ। कानुनमा जे लेखिए पनि स्थानीय अभिभावकले छोरीहरूलाई स्वतःस्फूर्त अंश दिएर सम्मान जनाएका छन्।

हेटौंडा—१४ का धनबहादुर तामाङका दुई छोरा र चार छोरी छन्। छोरासरह विवाह गरेका छोरीलाई उहाँले अंश दिनुभएको छ। गाउँका कृष्णबहादुर रुम्बाका दुई छोरा र दुई छोरी छन्। दुई छोरीलाई उनले पनि अंशबापत जग्गा दिएका छन् । रामबहादुर रुम्बाले पनि विवाह गरेका दुई छोरीलाई अंश दिएका छन् ।

उक्त बस्तीका रुम्बा र तामाङले मात्र होइन, अधिकांशले बिहे गरेर आफ्नो घरजम गरेका छोरीलाई पनि अंश दिने गरेका छन्। त्यति मात्र नभएर, सम्पत्ति धेरै नभएकाले छोराहरूलाई अंश दिइसके पनि आमाबुबाको जिउनी भाग बेचेर केही पैसा छोरीलाई दिने गरेका छन्।

‘छोरी पनि सन्तान हुन्। उनीहरूलाई पनि अंश दिनुपर्छ भनेर अंश भाग जग्गा दिएको हुँ।’ –कृष्णबहादुरले भने ।

छोराछोरी एउटै भएकाले छोराले अंश पाउने तर छोरीले किन नपाउने भनेर अंश दिइएको उनले स्पष्ट पारे ।

छोराछोरी दुवै बराबरी भएको र आफू नसक्ने बेलामा छोराछोरी दुवैले हेर्नुपरेको हुँदा छोरीलाई पनि अंश दिइएको उनले बताए । उनीहरुले छोरासँग सल्लाह गरेर छोरीलाई अंश दिने गरेका हुन् । दाजुभाइले आमाबुबाको उक्त विचार काट्ने गरेका छैनन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: