काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० आजबाट खाली भएका छन्।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गरेको थियो।
२०७५ साल फागुन १४ गते स्ववियुको दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले ६–६ महिना गरी दुईपटकको कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सो निर्णय आज मंगलबारसम्म मात्र कार्यान्वयन हुनेछ। थप गरिएको एकवर्षे कार्यकाल सकिएलगत्तै त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ६२ सम्बन्धन क्याम्पस स्ववियुविहीन भएका छन्।
यसअघि २०६५ साल चैत ६ गते सम्पन्न निर्वाचनको म्याद सकिएको करिब ७ वर्ष पुगेको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गतवर्ष सर्वोच्च अदालतले स्ववियुको म्याद ६–६ महिना गरी दुई पटकसम्म मात्र थप्न पाउने आदेश गर्दै क्याम्पसमा आवधिक चुनाव गर्न भनेपछि अब पुनः म्याद थप गर्ने बाटो बन्द भएको जानकारी दिए ।
केही दिनमा नयाँ रेक्टर नियुक्ति हुने र त्रिविले सर्वपक्षीय छलफल गरेर सकेसम्म यही वर्ष सम्पन्न गर्ने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए । निर्वाचनको संयोजक रेक्टर रहने व्यवस्थाअनुसार उपकुलपति प्राडा बास्कोटाले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँंग रेक्टर नियुक्तिको विषयमा छलफल गरिरहेका छन् ।
उपकुलपति प्राडा बास्कोटाले भने, ‘रेक्टर नियुक्तिसंँगै यो वर्ष नै निर्वाचन गर्नेछौं। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले रेक्टर नियुक्ति नभई निर्वाचन हुनै नदिने अडान राखेको छ।’
त्रिवि कार्यकारी परिषद्को बैठकले भोलि फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। नेपाल विद्यार्थी संघले रेक्टर नियुक्ति भएपछि मात्र निर्वाचन गर्न अडान राखेपछि करिब डेढ साताअघि निर्वाचन स्थगित भएको हो।
त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको ६२ आंगिक र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको थियो।
त्रिविले त्यस बेला त्रिविले पहिलोपटक २८ वर्ष उमेरहद कायम गरी निर्वाचन गरेको थियो। सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको निर्वाचन एकैपटक गर्ने गरी तयार भइरहेको त्रिविले जनाएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: