Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

आजको नागरिक दैनिकमा खबर छ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले विपक्षीले गैरविषयलाई नै विषय बनाएर सरकारविरुद्ध अनावश्यक प्रचार गरिरहेको टिप्पणी गरे।

संसद्मा लगिएको विधेयकको उद्देश्य र विषयवस्तुबारे स्पष्ट भएर भन्दा पनि कुरै नबुझी विपक्षीले विरोध गरिरहेको उनको भनाइ थियो।

‘कुखुराको एउटा चल्ला फट्यांग्रो टिपेर कुद्छ, त्यो चल्लाले के टिप्यो भन्नेसमेत थाहा नपाएका अरू चल्लाहरू पछिपछि कुद्छन्,’ उनले भने, ‘विपक्षीहरू पनि चल्लाहरूझैं कुदिरहेका छन्।’

प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी देशीविदेशी शक्तिको षड्यन्त्र र हमला परास्त गर्दै पार्टी एकता प्रक्रिया अघि बढिसकेकाले सफलतापूर्वक निष्कर्षमा पुग्ने दाबी गरे। अरू पार्टीसँग नेकपाको तुलना हुनै नसक्ने उल्लेख गर्दै उनले नेकपा जनाधारयुक्त पार्टी भएको जिकिर गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, सार्वभौम सत्ता र स्वाधीनताका विषयमा कोहीकसैसँग सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले जनताको त्याग, तपस्या र सहिदको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै त्यसको कार्यान्वयन गरेरै छाड्ने दृढता व्यक्त गरे।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विश्व समृद्धिको बाधक अमेरिकी साम्राज्यवाद भएको आरोप लगाए। उनले त्यस्ता प्रवृत्तिविरुद्ध जुध्न पार्टी सुदृढ र एकताबद्ध बनाएर अघि बढे मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने धारणा व्यक्त गरे।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताले अनुभूति गर्नेगरी जनताको जीवनमा परिवर्तन नल्याउने हो भने राजनीतिक क्रान्तिको अर्थ नहुने बताए। उनले महाधिवेशनसम्मका लागि कार्यदिशाको विषय थाती राखेको जानकारी दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: