बुटवल । प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्यो। उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन्। पदकले उनको गर्जौ टर्दैन। प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अल्लो सिस्नु प्रजातिको वनस्पति हो। जसबाट धागो बनाइन्छ। धागोबाट विभिन्न कपडा। चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन्। उनी अल्लोबाटै परिचित छिन्। ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जो टर्छ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ।
चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन्। व्यापारमा उनका पतिले सघाइरहेका थिए। उनका उत्पादन किन्नेको चहलपहल थियो। चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन्। अहिले उनी वार्षिक करिब ५० लाख कारोबार गर्छिन्।
गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन्। काम गर्दै गएपछि सामानको माग बढ्दै गयो। अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन्।
‘अल्लो त महत्त्वपूर्ण रहेछ। सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन्।
अहिले अल्लोका पोसाकको माग बढेको छ। चित्रकली अल्लो चिनाउन मेला– महोत्सवसमेत धाइन्। उनी अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्स बनाउँछिन्।
चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा डेढ दर्जनले रोजगारी पाएका छन्। प्युठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लोको सामान उत्पादनमा संलग्न गराइन्। तालिम दिइन्।
अल्लोका उत्पादन स्वदेशमा मात्रै सीमित छैनन्। चित्रकली निर्यात प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन्। उनका अनुसार नेपालमा उत्पादित अल्लोका उत्पादन साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुर निर्यात हुन्छन्।
‘प्रदेशलाई समृद्ध बनाउने नारामा अल्लोको पनि योगदान हुन्छ’, उनले भनिन्। अल्लो कपडा उद्योग महासंघको नेतृत्वमा पुगेकी चित्रकली सरकारले सहुलियत कर्जा र बजारीकरणमा सहयोग गरे उत्पादन बढाउन सकिने बताउँछिन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: