Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

वीरगञ्ज । निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनकी श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।

श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका तिनीहरुलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले ।

उनीहरुले जब एकापसमा भेटे तब उनीहरु अघिल्लो दिनलाई सम्झे र भक्कानिएर रोए । एकापसमा दुःख सुखको कुरा गरे, घरपरिवारको चिन्ता व्यक्त गर्दै आफूहरुले गरेको अपराध प्रतिघृणा व्यक्त गर्दै १५ मिनेटको वर्तालापपछि पुनः कारागारको आआफ्नो कोठातिर लागे, बाँकी सजाय भोग्न ।

यस्तै दृश्य देखियो, वीरगञ्ज मुर्लीका दिनेश मण्डल र उनकी श्रीमती ममता मण्डलको । मण्डल दम्पती पनि अवैध लागुऔषध कारोवार मुद्दामा सजाय काटिरहेका छन् । सो कारागारभित्र ११ जोडी श्रीमान् श्रीमती विभिन्न मुद्दामा सजाय काटिरहेका छन् ।

कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान् श्रीमतीलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेटघाट गर्ने वातावरण मिलाइएको छ, वीरगञ्ज कारागारका प्रमुख श्रवणकुमार पोखरेलले राससलाई भने, “यो कारागार मानव अधिकारमैत्री भएकाले महिनामा एकचोटि कैदी जीवन बिताइरहेका श्रीमान्, श्रीमतीलाई भेट्ने वातावरण बनाइएको छ ।”

विसं १९९५ भन्दा अघि राणा शासनकालमा निर्माण भएको सो कारागार १२ हजार ९९४ दशमलव छ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । एक हजार कैदीबन्दी अटाउने क्षमता भएका सो कारागारमा एक हजार ३६३ कैदीबन्दी रहेका छन् । तीमध्ये ९७ महिला र चार आश्रित बालबालिका छन् । पुरानो संरचनाका कारण कारागारभित्र सुरक्षा चुनौती बढेकाले जेलब्रेक हुने सम्भावना बढी रहेको प्रमुख पोखरेलको भनाइ छ ।

कारागारभित्र आउने कैदीबन्दीमध्ये ३९ प्रतिशत लागुऔषध कारोवारमा सजाय पाएका रहेका छन् भने २०७ विदेशी कैदीमध्ये दुई पाकिस्तानी नागरिक तथा १०५ भारतीय रहेका छन् । कारागारभित्र विभिन्न मुद्दामा सजाय काटिरहेका ११ जोडी श्रीमान्, श्रीमती रहेको र उनीहरुलाई महिनामा एकचोटि १५ मिनेटको लागि कडा सुरक्षाबीच भेट्ने वातावरणसमेत बनाइएको बताइएको छ ।

कारागारभित्र रहेका सबै कैदीबन्दीका लागि प्रतिदिन विद्युतीय हाजिरी (इहाजिरी) को व्यवस्था मिलाइएको छ । यसको लागि सात वटा विद्युतीय हाजिरी मेशिन राखिएको छ । कारागारभित्र रहेका पाँच एचआइभी सङ्क्रमित कैदीमध्ये एक महिलाको मृत्यु भएको छ । बाँक चार जना एचआइभी सङ्क्रमितको नियमित औषधि खुवाउने काम भइरहेको कारागार प्रशासनले जनाएको छ ।

आफूले गरेको अपराधमा सजाय काटिरहेका यी ११ जोडीलाई महिनामा एकचोटि भएपनि १५ मिनेटका लागि भेटघाट गर्ने वातावरण जुडाइ दिएकोमा कारागार व्यवस्थापकप्रति ती कैदीबन्दीले कृतज्ञता व्यक्त गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending