Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जीएमआरलाई आशयपत्र

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले यहाँ उत्पादित विद्युत् बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ। योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशको बजारमा बिक्री गर्न ९त्रिदेशीय विद्युत् व्यापार०को बाटो खुलेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - आशयपत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत् खरिद सम्झौता (पीपीए)को टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ। उसले वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) अघि बढाउन सकिने उल्लेख गरेको छ। जीएमआरले अब ५० लाख अमेरिकी डलरको वित्तीय स्रोत बैंकहरूमार्फत जुटाउन पहल गरिरहेको आयोजना प्रमुख केके शर्माले बताए। उनका अनुसार बंगलादेशको कानुन मन्त्रालय र बंगलादेश बैंक ९केन्द्रीय बैंक० को स्वीकृतिपछि फेरि १ करोड ५० लाख डलरको बैंक ग्यारेन्टी प्राप्त हुनेछ। जीएमआरले बोर्डलाई बैंक ग्यारेन्टीसहित विद्युत् आपूर्तिको प्रतिबद्धता गर्नेछ।

बंगलादेशको मन्त्रिपरिषद्ले नेपालमा उत्पादन हुने, भारतीय कम्पनी जीएमआरद्वारा प्रवद्र्धित माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली खरिद गर्न बोर्डलाई अनुमति दिइसकेको छ। सोही आधारमा बोर्डले आशयपत्र जारी गरेको हो। यसबाट ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने विद्युत्मध्ये अधिकांश हिस्सा बंगलादेशमा निर्यात हुने गरी बजार सुरक्षित भएको छ।

बोर्डले भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड ९एनभीभीएन०मार्पmत बिजुली आयात गर्नेछ। आगामी तीन महिनाभित्र पीपीएमा हस्ताक्षर हुने अपेक्षा जीएमआरको छ। परियोजना विकास सम्झौतामा उल्लेख भएअनुसार नेपाल सरकारको सहयोगमा जग्गा अधिग्रहण, ‘राइट अफ वे क्लियरेन्स’लगायत विभिन्न प्रक्रिया पूरा भएपछि बोर्डसँग पीपीएमा हस्ताक्षर हुने बताइएको छ।

पीपीएपछि जीएमआरले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी आयोजना निर्माण सुरु गर्नेछ। उसले सन् २००८ मा प्रतिस्पर्धाबाट लाइसेन्स लिएको थियो। यसको आयोजना विकास सम्झौता (पीडीए) सन् २०१४ मा भएको थियो। बंगलादेशले २५ वर्षसम्म करिब ३८ हजार १६० करोड टाका अर्थात् ५ खर्ब रुपैयाँबराबरको विद्युत् खरिद गर्ने योजना छ। यसका लागि पीपीएबापत प्रतियुनिट ७.७१७२ सेन्ट खरिददर तोकिएको छ। यसमा तल–माथि भने हुन सक्नेछ।

नेपालमा उत्पादित विद्युत् भारत हुँदै बंगलादेश जान प्रसारणलाइन उपयोग गरेबापत भारतले पनि ‘ह्विलिङ चार्ज’का साथै एनभीभीएनले केही रकम लिने भए पनि यसबारे टुंगो लागिनसकेको जीएमआरले जनाएको छ। सहमतिपछि थप प्रक्रिया अघि बढेर आयोजना निर्माण भएपछि ९ सय मेगावाटमध्ये ५ सय मेगावाट जीएमआरले बंगलादेशमा बेच्नेछ। शर्माले भने, ‘बंगलादेशको माग र हाम्रो बिक्री क्षमता ५०० मेगावाट हो।’

त्यसैगरी जीएमआरले प्रतिस्पर्धाका आधारमा अनुमतिपत्र (लाइसेन्स)प्राप्त गर्दा दिनुपर्ने १ सय ८ मेगावाट विद्युत् नेपालले निःशुल्क पाउनेछ। बाँकी जीएमआरले भारत वा बंगलादेशलाई बिक्री गर्नेछ।

आयोजनामा लाइसेन्सको सर्तअनुसार २७ प्रतिशत स्वपुँजी निःशुल्क पाउनेछ। जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्न बंगलादेशले सहमति दिएको आयोजना प्रमुख शर्माले जनाए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: