Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ललितानिवास जग्गा प्रकरण : पौडेल र रेग्मीको जग्गा सुटुक्क सरकारका नाममा नामसारी

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।

आजको नागरिक दैनिकमा खबर छ - पौडेल र रेग्मीको अधिकृत वारेसबाट बालुवाटारको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता ल्याइएको हो। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्दप्रसाद अधिकारीले पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता गरिएको स्वीकार गरे। ‘पौडेल र रेग्मीको नाममा रहेको ललितानिवासको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता आएको छ,’ अधिकारीले शनिबार भने, ‘मालपोत कार्यालय डिल्लीबजारबाट यस विषयमा निर्णय भएको छ।’ उनले यसबारे थप बोल्न चाहेनन्।

अख्तियारले ललितानिवास प्रकरणमा बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा पौडेल र रेग्मीलाई भने उन्मुक्ति दिएको थियो। सरकारलाई जग्गा फिर्ता गर्न मन्जुर रहेको कारण देखाउँदै अख्यितारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थिएन। मालपोत कार्यालयको रेकर्डमा नवीन पौडेलको नाम सिट नम्बर १०२–१०२५–१५ छ, जसमा उनको स्वामित्वमा कित्ता नम्बर ३०९ र कित्ता नम्बर ३१५ को जग्गा देखिन्छ। यसैगरी कुमार रेग्मीको सिट नम्बर १०२–१०२५–१५ र कित्ता नम्बर ५११ छ। ‘शुक्रबार सबै काम हतारतारमा पूरा भयो। शुक्रबार साँझसम्म यो काम जसरी भए पनि टुंग्याउन निर्देशन गरिएको थियो’, कार्यालयका एक कर्मचारीले भने।
पौडेल र रेग्मीको हकमा अख्तियारले भनेको छ, ‘ललितानिवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेतको जग्गा जफतको माग दाबी गर्नुपर्नेमा निजहरूले आयोगको अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा आयोगसमक्ष पेस गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललितानिवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेको जग्गा नेपाल सरकारलाई छाडिदिन मन्जुर गरेकोले जग्गा जफतको माग दाबी लिन प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवीन पौडेलको हकमा जग्गा जफतको माग दाबी नलिने निर्णय गरिएको छ।’

अख्तियारले पौडेल र रेग्मीको जग्गा नेपाल सरकारको नाममा कायम गर्न–गराउन यथाशीघ्र आवश्यक कारबाही गर्न र सोको जानकारी आयोगलाई गराउन भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई सुझाव लेख्ने निर्णय पनि गरेको छ।
मालपोत कार्यालय डिल्लीबजार सम्बद्ध स्रोतका अनुसार पौडेल र रेग्मीको जग्गा सरकारको स्वामित्वमा फिर्ता ल्याउने प्रक्रियामा स्वयं भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले चासो राखेकी थिइन्। यो कामका लागि अर्यालले भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्य गौतमलाई निर्देशन दिएकी थिइन्। मन्त्रालयका उच्च कर्मचारीहरूको निर्देशनअनुसार मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूले पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकरको स्वामित्वमा फिर्ता ल्याएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: