Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

महाभियोगमा सफाइ पाएपछि विजय उत्सव मनाउँदै ट्रम्पले बिरोधीलाई दिए 'घिनलाग्दो'को संज्ञा

एजेन्सी । महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्।

ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई \'दुष्ट, स्वार्थी र बेकार\'का मानिसहरू भनेका छन्।

झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ विजय उत्सव\' भनेका थिए।

ट्रम्पले के भने ?
\'मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो,\' ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने।

\'हामीहरू अन्यायपूर्ण ढङ्गबाट नर्क अनुभूति गर्नुपर्यो। हामीले केही गलत गरेका थिएनौँ।\'

ह्वाइट हाउसमा उनले भनेस् \'त्यो दुष्टता थियो, त्यो बेइमानी थियो।\'

\'अहिले हामीसँग त्यो ओजपूर्ण शब्द छ। मलाई कहिल्यै लागेको थिएन कि त्यो त्यतिधेरै राम्रो लाग्नेछ।\'

बीबीसी संवाददाता ड्यारिओ डोनोघ्युका भनाइमा त्यो आफ्नो औचित्य, कुन्ठा र चिढ्याइ दर्शाउँदै आत्मप्रशंसा गर्ने र आफ्नो बाटोमा आउने राजनीतिक प्रतिद्वन्द्वीलाई अपमानजनक व्याख्या गर्ने कार्यक्रम थियो।

रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

आफ्ना विरोधीहरूको अपमान गर्दै ट्रम्पले ती \'क्षुद्र, घिनलाग्दा र खराब\' मानिसहरू रहेको बताए।

सफाइ पाएपछिको उनको उत्सव सन् १९९९ मा राष्ट्रपति बिल क्लिन्टनले त्यस्तै सन्दर्भमा गरेको भन्दा फरक थियो।

त्यसबेला महाभियोग सामना गरेका क्लिन्टनले अमेरिकी जनतासामु मलिन ढंगले माफी मागेका थिए।

एउटा ठूलो झूट

रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् ट्रम्पले शक्तिको दुरूपयोग र अमेरिकी संसद्लाई अवरुद्ध तुल्याएको अभियोगमा सफाइ पाएका थिए।

तर महाभियोग सुनुवाइका क्रममा त्यहाँ साक्षी र थप प्रमाण झिकाउने माग भने पूरा भएको थिएन।

जसलाई सिनेटमा डेमोक्र्याटहरूका नेता चक सुमरले ट्रम्पको महाभियोगलाई वाटरगेट प्रकरण यताकै सबैभन्दा ठूलो झूटको संज्ञा दिए।

अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।

सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending