Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सञ्चार उद्यमी जमिम शाह हत्याको १० वर्ष : प्रमुख योजनाकार र सुटर अझै फरार

काठमाडौं । २४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । तर, त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने उदांगो बनाइदियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या गर्‍यो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शाह हत्याको शुक्रबार १० वर्ष पुगेको छ । यति लामो समयसम्म पनि त्यो घटनामा भएको कमजोरीबाट सरकारले पाठ सिक्न सकेको छैन नै, घटनाको अनुसन्धानसमेत अहिलेसम्म अधुरै छ । घटनाका मुख्य अभियुक्तहरू पक्राउ परेका छैनन् भने छानबिन आयोगले सुरक्षा बलियो बनाउन दिएका सुझाबहरूसमेत कार्यान्वयन भएका छैनन् । तीन कारणले यो घटना निकै संवेदनशील भएको प्रहरी अधिकारीहरू बताउँछन् । पहिलो, यसमा अन्तरदेशीय आपराधिक गिरोहको संलग्नता थियो । दोस्रो, यसमा नेपाल प्रहरी अधिकारीकै मिलेमतो थियो । र तेस्रो, देशको भिआइपी क्षेत्रमा दिउँसै गोली हानेर हत्या गरेर सुटरहरू सजिलै भाग्न सफल भएका थिए ।

जमिम हत्या घटनामा प्रहरीको अनुसन्धान अझै अधुरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २७ फागुन २०६६ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दायर गरेको थियो । तीन वर्षपछि जिल्ला अदालतले पाँचैजनालाई दोषी ठहर गरेको थियो । जेल परेका सबैजना छुटिसकेका छन् ।

प्रहरीले तत्कालीन सइ प्रकाश क्षेत्री, हतियार व्यवस्थापन तथा सुटरलाई भगाउन भूमिका खेल्ने लक्ष्मण धमला र प्रकाश खड्का, गिरोहलाई सहयोग गर्ने पूर्वडिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । पौडेल अझैसम्म फरार छन् । उनकै कार्गो अफिसलाई आपराधिक समूहले हतियार लुकाउन प्रयोग गरेको थियो ।
छोटा राजन समूहको निर्देशनमा बब्बु श्रीवास्तवले यो हत्या गराएको छानबिन आयोगको निष्कर्ष थियो । त्यसका लागि त्रिलोक सिंह भनिने दीपक शाही पटकपटक नेपाल आएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: