Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

घर व्यवहार नचलेपछि, सक्रिय राजनीति छाडेर च्याउखेती

सुरुङ्गा । विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका विर्तामोड नगरपालिका–४ का भक्तिप्रसाद तिवारीले २०६५ सालसम्म राष्ट्रिय जनमोर्चा पार्टीमा रहेर सक्रिय राजनीति गरे । सिङ्गो जीवन नै राजनीतिमा व्यथित गर्ने सोच बोकेर अघि बढेका तिवारी राजनीतिक परिर्वतनसँगै २०६५ सालबाट राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा प्रवेश गरे । माओवादी पार्टीमा समेत सक्रिय राजनीति गरेका उनले २०७० सालको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोर्दा छाएको निराशाले उनलाई उद्यमी बनायो । राजनीतिले घर व्यवहार नचल्ने रहेछ भन्दै २०७१ सालदेखि च्याउखेती शुरु गरेका तिवारीले अहिले एक बिघा क्षेत्रफलमा व्यावसायिक च्याउखेती गरेका छन् ।

कृषि विकास बैंकबाट व्यावसायिक च्याउखेतीका लागि रु ५० लाख ऋण लिएर २०७३ सालदेखि एक बिघा जमीन ‘लिज’मा लिँदै च्याउखेती गर्दै आएका तिवारीले अहिले २५ हजार सिलिन्डर च्याउ रोपेका छन् । प्रतिसिलिन्डर डेढ केजीसम्म उत्पादन हुने च्याउ उनले प्रतिवर्ष झन्डै ३२ हजार केजी उत्पादन गर्छन्। छ जनालाई प्रत्यक्ष र मौसमी कामदारका रूपमा १०÷१२ जनालाई रोजगारी दिएर पनि अहिले च्याउखेतीबाटै वार्षिक रु ४१ लाख जति आम्दानी गर्ने गरेको तिवारीले बताए।

गत वर्ष पनि यही लक्ष्यका साथ काम गर्दा सफल भएको उनले सुनाए । “व्यावसायिक खेती गर्दा लक्ष्य हुन्छ, यो वर्ष २५ हजार सिलिन्डर च्याउ रोपेको छु, प्रतिसिलिन्डर १।२५ प्रतिकेजी च्याउ उत्पादन हुन्छ । त्यसो गर्दा २५ हजार सिलिन्डरमा ३१ हजार २५० केजी च्याउ उत्पादन हुन्छ”, तिवारीले भने, “उत्पादित च्याउ रु १३० प्रतिकेजी घरबाटै बिक्री गर्छु । एक बिघामा लगाएको च्याउले यो वर्ष रु ४० लाखभन्दा बढी आम्दानी गर्छु ।”

एक हजार सिलिन्डर च्याउ उत्पादन गर्न रु ७० देखि ८० हजारसम्म लागत लाग्ने बताउँदै तिवारीले भने, “प्राविधिक ज्ञान छैन भने च्याउखेती गर्दा कृषकले घाटा व्यहोर्नु पर्छ । एउटा मात्रै भुसुनो च्याउ रोपेको सिलिन्डरमा प्रवेश गर्यो भने त्यहाँ लाखौँ भुसुना उत्पादन गर्दै सबै सिलिन्डरलाई नष्ट गरिदिन्छ, त्यसैले च्याउखेतीका लागि प्राविधिक ज्ञान अनिवार्य छ ।” आफूले च्याउखेती शुरु गर्दाको अवस्था सम्झँदै तिवारीले भने, “अहिले त मलाई च्याउ खेतीले राम्रो आम्दानी दिएको छ । नहुँदा पनि खर्च कटाएर आम्दानीको आधाभन्दा बढी रुपैयाँ बचत हुन्छ । तर शुरुको वर्ष प्राविधिक ज्ञान नहुँदा २०७१ सालमा एक हजार ६०० सिलिन्डर च्याउ बिग्रियो, जतिबेला मलाई निक्कै ठूलो घाटा लागेको थियो ।”

च्याउखेतीबाटै सोचेभन्दा राम्रो आम्दानी लिन शुरु गरेपछि उनले झापा विद्रोहका योद्धा टङ्कप्रसाद चौधरीका लागि जमीनसमेत खरिद गरिदिनुभएको छ । विसं २०२८ को किसान विद्रोहका क्रममा पक्राउ परेका चौधरीले नौ वर्ष तीन महिनासम्म झापा कारागारमा कठोर जीवन व्यतित गरे । “किसान आन्दोलनका अगुवा चौधरी जीवनको उत्तरार्ध ७० वर्षको उमेरमा आफ्नो घर नभएर अरूकामा आश्रय लिएर बसेको थाहा पाएँ, मन थाम्न सकिनँ”, तिवारीले भने, “हिजो म पनि राजनीतिकर्मी थिएँ, उहाँ पनि राजनीति गरेकै कारण जेल पर्नुभयो । अहिले सहाराविहीन भएको सुन्दा आफैँलाई जोडेको जमीनको आधा भाग साढे पाँच धुर जमीन उहाँका नाममा पास गरिदिएँ ।” चौधरीलाई प्रदान गरेको जमीनको मूल्य अहिले झण्डै रु १५ लाख हुन आउँछ ।

तिवारीले निःशुल्क प्रदान गरेको जमीनमा विर्तामोड नगरपालिकाले चौधरीका लागि घर निर्माण गरिदिन लागेको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले बताए । च्याउखेती शुरु गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विर्तामोड नगरपालिकाबाट दुई चरण गर्दै रु आठ लाख १२ हजार ४८० अनुदान रकम प्राप्त गरेका तिवारीले यो वर्ष भने नगरपालिकाले प्रदान गरेको अनुदान रकम लिएनन् ।

आफू अहिले च्याउखेतीका लागि सक्षम व्यवसायी भएको बताउँदै तिवारीले भने, “मलाई दिने अनुदानको रकम नगरपालिकाले अरू विपन्न समुदायका नागरिकलाई लगानी गर्दै सीप सिकाएर प्रोत्साहनस्वरुप व्यवसाय गर्न सहयोग गरोस् भन्दै अनुदान रकम मैले लिइनँ ।”

विर्तामोड नगरकै सफल उद्यमीका रूपमा नगरपालिकाले यस वर्ष पनि उनलाई प्रोत्साहनस्वरूप अनुदान रकम प्रदान गर्न लागेको थियो तर तिवारी आफैँले विपन्न समुदायको जीवनस्तर माथि उठाउन आएको अनुदान रकम दुरुपयोग नहोस् भन्दै अनुदान नलिएपछि सफल उद्यमीका रूपमा चिनिएका तिवारीको चर्चा झनै चुलिएको छ ।

तिवारीले रमेश थापा मगरको एक बिघा जग्गा वार्षिक रु तीस हजारमा लिजमा लिएर च्याउखेती गरी मनग्य आम्दानी गर्न थालेपछि उनकामा अहिले च्याउखेती सिक्न आउनेको कमी छैन । उनले आफैँले पनि अरूलाई च्याउखेतीका लागि प्रोत्साहन गर्दै आएका छन् । अहिले विर्तामोड नगरपालिकामा झण्डै आठ–दशजनाले व्यावसायिकरूपमा च्याउखेती शुरु गरेका छन् ।

“च्याउको मुख्य बजार विर्तामोड रहे पनि आफूले उत्पादन गरेको च्याउले मात्रै बजार धान्न नसक्ने भएपछि विर्तामोडसहित पूर्वका बजारमा भारतीय च्याउ आयात हुन्छ । “भारतीय च्याउ विस्थापित गर्न हामीले आफ्नै ठाउँमा च्याउखेती विस्तार गर्दै विदेशिने रुपैयाँ जोगाएर यहीँ हामी स्वरोजगार बन्न सक्नुपर्छ”, तिवारीले भने, “च्याउखेतीका लागि कोही पनि युवा उत्सुक हुनुहुन्छ भने आउनुहोस् आफूले सिकेको सीप तपाईंहरुलाई पनि सिकाइ दिन्छु ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE