काठमाडौं । चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेको हो ।
आजको नयाँपत्रिका दैनिकमा खबर छ - प्रस्तावमा समर्थन जनाएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने जवाफ दिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्र सबैको रोजाइमा परेको, तर मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन बाँकी रहेको बताए । ‘चार–पाँचवटा सम्भावित स्थानबारे छलफल भयो, तीमध्ये सुरक्षित खरिपाटी तालिम केन्द्र नै भएको निष्कर्ष निकालिएको छ,’ मन्त्री ढकालले भने । मन्त्रिपरिषद्ले क्वारेन्टाइनबारे निर्णय गरेपछि चीनबाट नागरिक फर्काउने प्रक्रिया औपचारिक रूपमा सुरु हुने सैनिक स्रोतले जनायो ।
हुबेई प्रान्तका ६ स्थानका एक सय ८० नेपालीले स्वदेश फर्किनका लागि बेइजिङस्थित नेपाली दूतावासमा फारम भरिसकेका छन् । उनीहरू सबैलाई एकै स्थानमा राख्ने गरी सरकारी अधिकारीले कार्ययोजना बनाएका छन् । १९ वटा मात्रै कोठा खाली रहेको भन्दै मंगलबार उक्त तालिम केन्द्रमा प्रतिकोठा तीनजनाका दरले ५७ जना मात्रै राख्न सकिने निष्कर्ष निकालिएको थियो । तर, सबै कोठा खाली गर्दा वुहानबाट ल्याइने सबै अटाउने देखिएपछि सेनाले बुधबार यही तालिम केन्द्र प्रस्ताव गरेको हो । रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने–बस्ने बन्दोबस्तको व्यवस्था गरिएको छ । १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर फर्काउने योजना बनाइएको छ । यसअघि सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तामिल केन्द्रलाई पनि सम्भावित क्वारेन्टाइनका रूपमा प्रस्ताव गरिएको थियो ।
मन्त्रिपरिषद्को औपचारिक निर्णयबाट क्वारेन्टाइन टुंगिएको एक साताभित्र चीनबाट नागरिक ल्याउने र सुरक्षित राख्ने वचन सेनाले दिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सुरक्षाको सबै जिम्मा सेनाले लिएको छ । औपचारिक निर्णय भएर खबर गरेको तीन दिनपछि जहाज उडाउन सक्ने जानकारी नेपाल एयरलाइन्सले मुख्यसचिवलाई गराएको छ । प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालयबाट औपचारिक रूपमा परिपत्र भएको तीन दिनपछि मात्रै जहाज उडाउने प्रस्ताव आएको बैठकमा सहभागी एक अधिकारीले बताए । मुख्यसचिव रेग्मीले पनि पठाउने जहाज, सिट क्षमता, जहाजको भाडा, जहाज निर्मलीकरण गर्ने पद्धती र जिम्मेवारीबारे स्पष्ट खाका बनाएर बिहीबार पेस गर्न सम्बन्धित सचिवहरूलाई निर्देशन दिएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: