Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

चीनले नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट

ताप्लेजुङ। चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ -‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो।’ चामल, नुन र तेल अभाव भएको उनले सुनाए। उनका अनुसार किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। खाद्यान्न खरिदका लागि खोलिदिन प्रस्ताव गर्दा अस्वीकार गरेको उनले सुनाए।

किमाथांका जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा पर्छ। स्थानीयवासी दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष पान्जम भोटेले बताइन्। नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायत बजार पसलसमेत बन्द गरेको छ। त्यहाँ चिनियाँ नागरिकलाई नै हिँडडुलमा रोक लगाएको जनाइएको छ।

भोटखोलासम्म सडक पुगेको छ। त्यहाँसम्म ट्र्याक्टरबाट ढुवानी गर्न सकिने भए पनि त्यसभन्दा माथि लैजान सक्ने अवस्था छैन। बीचको अग्लो पहाडमा हिमपात हुने भएकाले मंसिरदेखि वैशाखसम्म आवतजावत ठप्प हुन्छ। ‘त्यसैले आइतबार वडा समिति र सार्वदलीय बैठक बसी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई हेलिकोप्टरबाट खाद्यान्न ढुवानीका लागि अनुरोध गरेका छौं’, वडाध्यक्ष शेर्पाले भने।

ताप्लेजुङको ओलाङचुङगोला नाका पनि बन्द छ। ओलाङचुङगोलामा जनवरी ३० मा पत्र आएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले सुनाए। ‘ओलाङलुङगोलामा नेपालतर्फ सडक खन्न आएका आफ्ना नागरिक फर्किएपछि चीनबाट अनिश्चितकालसम्म नाका बन्द भएको पत्र आयो’, प्रवक्ता वालुङले भने। नाका बन्द भए पनि ओलाङचुङगोला र याङ्मामा केही दिन खाद्यान्न अभाव नहुने वडाध्यक्ष छेतेन भोटेको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE