बनियानी । मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन सङ्घको नेतृत्वमा मकैखेती गरिएको हो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताए ।
“दानाको भन्दा यो चार गुणा सस्तो पर्छ”, उनले भने, “साइलेक्समा १३ देखि १४ प्रतिशत प्रोटिन हुने भएकाले दूध उत्पादन वृद्धि हुन्छ र पशुपालक किसानलाई प्रत्यक्ष फाइदा पुग्छ ।” दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च घट्ने अध्यक्ष निरौलाको भनाइ छ ।
विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि सङ्घले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन शुरु गर्न लागेको छ । साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले रु आठ करोड अनुदान दिने भएको छ भने सङ्घमा आबद्ध किसानको रु चार करोड थप गरी रु १२ करोडको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ ।
जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेनिक’ यन्त्र खरिद गर्न लागिएको अध्यक्ष निरौलाले बताए । प्रदेशबाट प्राप्त अनुदानबाट भण्डारण गृह, आवश्यक उपकरण खरिद गरिने जनाइएको छ । साइलेक्स उत्पादनका लागि जिल्लाको मेचीनगर नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका लगायतका स्थानमा करिब २०० बिघामा मकैखेती गरिएको छ । हावा र पानीबाट बचाउनसके साइलेक्स १८ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ ।
हाल भारतको पञ्जावबाट प्रतिकिलो रु १८ मा साइलेक्स आयात हुने गरेको अध्यक्ष निरौलाले बताए । सङ्घले उत्पादन गरेको साइलेक्स प्रतिकिलो रु १२ देखि रु १३ सम्म पर्नेछ । यो वर्ष एक करोड किलो साइलेक्स उत्पादन गर्ने सङ्घको लक्ष्य छ । अत्याधुनिक यन्त्र भित्रिएपछि वार्षिक चार करोड किलो साइलेक्स उत्पादन गर्न सकिने अध्यक्ष निरौलाले जानकारी दिए ।
सरकारले खाली रहेको जग्गामा मकै खेती गर्न दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिने अध्यक्ष निरौलाको भनाइ छ । “सरकारले खाली रहेको जग्गा दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिन्छ”, उनले भने । एक हजार बिघा जग्गामा मकैखेती गर्न सकिए त्यसबाट उत्पादन भएको साइलेक्स आठ हजार गाईलाई पुग्नेछ ।
उन्नत जातका बाच्छी उत्पादनका लागि सङ्घले अमेरिकाबाट एबिएस कम्पनीको कृत्रिम गर्भाधारण उपकरण खरिद गर्ने तयारी गरेको छ । “उन्नत जातको बाच्छी मात्रै उत्पादन र गाईको उपचारका लागि आवश्यक तयारी गरिरहेका छौँ”, उनले भने । सङ्घमा झापा, इलाम, ताप्लेजुङका गरी करिब ११५ गाई तथा बाख्रापालक फार्म आबद्ध छन् । प्रदेश नं १ का पशुपालक किसानलाई सङ्घमा आबद्ध गराएर पशु आहार आपूर्ति गर्ने योजना बनाइएको छ । सङ्घले अन्य किसानले उत्पादन गरेको मकैसमेत खरिद गरेर साइलेक्स उत्पादन गर्दै आएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: