घोराही । हिउँदमा पूर्वी रुकुमका उत्तरी भेगमा प्राय हिउँपर्ने हुँदा त्यहाँ पशुपालक कृषक चिसो छल्न भन्दै आफ्ना पशु चौपायालाई बेंसीतिर झार्छन् । मङ्सिरको शुरुआतसँगै उनीहरुले आफूले पालेका चौपाया भेडा बाख्रालाई चिसोबाट जोगाउन र चराउन दक्षिणी भेगका ल्याउने गर्छन् ।
पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए । विगत वर्षमा उनीहरुले जिल्लाका दक्षिणी भेगमा बथान सारेर हिउँदभर राख्ने गरेकामा यो वर्ष चरन राम्रो हुने, चिसो धेरै नहुने हुँदा भेडालाई रामो हुने भन्दै दाङ झरेका थिए । तर, चरनका लागि दाङ ल्याएको २०० भेडा अज्ञात रोगले मरेका छन् ।
मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताउनुभयो । करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आइपुगेका थिए। उनीहरुले घरबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिँडेका थिए। भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए ।
चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उनीसँगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०÷१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए ।
उनका अनुसार भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । तर साथमा रहेका केही बाख्रामा भने यो समस्या नदेखिएको उनले बताए । अचानक अज्ञात रोगका कारण भेडा मर्न थालेपछि उनीहरु चिन्तामा बढेको छ ।
उनीहरुले बिन्ती बिसाउँदै भने, “हाम्रो रोजीरोटी यही हो, हामी बर्बाद भयौँ यहाँ उपचार गराउने ठाउँ कहाँ छ भन्ने पनि थाहा छैन, सहयोग गरिदिन अनुरोध छ ।” एक महिनाको बीचमा उनीहरुले पालेको करिब २०० बढी भेडा मरेका छन् । धर्मकुमारीका अनुसार रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको थियो ।
शुरुमा चिसोका कारण भेडा मरेको होला भनेर सामान्यरुपमा लिएको उनले बताए तर अहिले भकाभक दिनमा १० वटासम्म मर्न थालेपछि भेडाको बथान नै सकिने होकी भन्ने पिरले सताएको उनको भनाइ छ । उनीहरुले हाल भेडा चराउन राखेको स्थान पाँच पोखरी बस्तीभन्दा करिब ५०० मिटर पर जङ्गल क्षेत्र हो । भेडामा देखिएको समस्या समाधानका लागि उनीहरुले स्थानीयलाई खबर गरे कसैले चासो नलिएको गुनासो गरे।
यसैबीच पाँचपोखरीमा ल्याइएका भेडा मर्दा किसान समस्यामा परेकाबारे घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्यजंग रोकाले आफूलाई जानकारी भए पनि के कारणले मरेका हुन् भन्नेबारे यकिन गर्न नसकिएको बताए । दाङको विकट, सञ्चारविहीन र जङ्गल क्षेत्र भएका कारण यसबारेमा यहाँका स्थानीय प्रशासनलाई जानकारी हुन सकेको छैन ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: