Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

शनिबारदेखि ‘टाइमलाइन’को नेतृत्वमा गुह्येश्वरीमाथिको वाग्मती सफाइ

काठमाडौ । विद्यालय तह देखिनै विद्यार्थीमा सफाइ संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि गुह्येश्वरीमाथिको वाग्मती सफाइ विद्यालयको नेतृत्वमा हुने भएको छ ।

यही माघ १८ गते शनिबार गोठाटार पुलमुनिको नदी किनारमा ३१२ औँ हप्ताको सफाइ अभियान जोरपाटीस्थित टाइमलाइन नामक विद्यालयको नेतृत्वमा गर्न लागिएको यस क्षेत्रको सफाइको संयोजन गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले जनाएको छ । ‘वाग्मती हाम्रो सम्पदा, वाग्मती हाम्रो स्वाभिमान’ भन्ने नाराका साथ विद्यालयलाई नदी सफाइको जिम्मेवारी दिन लागिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

मुहान देखिकै नदी सफाइ गर्दै आएको मञ्चको वाग्मती सफाइ अभियानलाई अब स्थानीय विद्यालयले नेतृत्व गर्नेछन् । यसको संयोजन भने मञ्चले गर्नेछ । स्थानीयस्तरमा सबै विद्यालयलाई वाग्मती नदीको कुनै क्षेत्रको सफाइका लागि जिम्मेवारी सुम्पिने गरी समेत तयारी भइरहेको छ । विद्यार्थीमा सफाइ संस्कृतिको विकास गर्दै राष्ट्र, राष्ट्रियता र स्वाभिमानका पक्षमा समर्पण गराउने सोचका साथ यस्तो कार्यक्रम बनाइएको हो ।

यसैगरी ३१३ औँ हप्ताको सफाइ अभियानको नेतृत्व जया बहुमुखी क्याम्पसले गर्नेछ । तीन सय १४ औँ हप्ताको नेतृत्व लर्ड्स लाइट एकेडेमीले गर्नेगरी तय भएको सफाइ अभियानले जनाएको छ । अन्य विद्यालयले पनि नदी सफाइ अभियानमा नेतृत्वका लागि नाम टिपाएका छन् । विद्यालयलाई हप्तैपिच्छे सफाइको नेतृत्व गर्न दिएसँगै निश्चित क्षेत्रको जिम्मेवारी नै दिनेगरी समेत छलफल भइरहेको अभियानकर्मी ईश्वर पुडासैनीले बताए ।

यस्तो जिम्मेवारी दिएपछि नदीमा कसैले फोहर फालेमा तिनलाई स्थानीय तहमार्फत कानूनी कारबाहीको दायरामा ल्याउनसमेत सहज हुने विश्वास गरिएको छ । जुन क्षेत्रको जिम्मेवारी विद्यालयलाई दिइन्छ, त्यहाँ उसले ‘वाचडग’ का रूपमा काम गर्ने जनाइएको छ ।

विसं २०७० जेठ ५ गते पशुपति क्षेत्रबाट वाग्मती सफाइ अभियान शुरु भएको थियो । सफाइ अभियानले ३९ हप्ता पार गरेपछि मुहानदेखिकै नदी स्वच्छ नबनाई वाग्मती सफा हुँदैन भन्ने निष्कर्षका साथ गुह्येश्वरी माथिको छुट्टै कार्यक्रम बनेको थियो ।

शुरुमा ‘पुडासैनी मैत्री समाज’, ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’, ‘माकालबारी टोल सुधार समिति’लगायत स्थानीय संस्था र अभियानकर्मीको नेतृत्वमा सफाइ अभियान हुँदै आएको थियो । पछि अभियानकर्मीको सक्रियतामा मञ्चको स्थापना भयो । यस क्षेत्रमा परी वाग्मती छुने तीन स्थानीय तहका वडामा वडा मञ्चसमेत गठन गरिसकेको छ ।

तिनै मञ्चलाई परिचालन गरी विद्यालयस्तरमा पनि नदी सफाइप्रति जागरण फैल्याउने उद्देश्यले विद्यालयलाई जिम्मेवार बनाउन लागिएको हो । विद्यार्थीमार्फत घरघरमा सफाइसम्बन्धी जनचेतना फैलिने विश्वाससमेत गरिएको मञ्चले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending