Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

क्रसर उद्योगले टेरेनन् प्रहरी प्रशासनकाे निर्देशन

बनेपा । जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता खोलासँगै जोडिएको शेषनारायण सुवालले सञ्चालन गरेको क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी नेतृत्वमा प्रजिअ श्रवणकुमार तिमिल्सिना, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेल र सशस्त्र प्रहरीसहितको उपस्थितिमा गत पुस २२ गते गरिएको अनुगमनका क्रममा सो उद्योग मापदण्ड विपरीत सञ्चालन गरिरहेको भन्दै अनुगमन गरेको मितिले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो तर निर्देशन दिएको एक÷दुई दिन बन्द रहेको सो उद्योग अहिले सञ्चालन गरिरेहको छ ।

बस्ती नजीकै र मुख्य सडक र खोलासँगै जोडिएको सो उद्योग बन्द गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले नगरपालिकालाई पटक÷पटक ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको बताए । स्थानीय बासिन्दा विनोद खत्रीले भने, “नगरपालिकालाई उद्योगले पुर्याएको समस्याका बारेमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै चासो देखाएको छैन ।” क्रसर उद्योगले ध्वनि प्रदूषण गर्नाका साथै वातावरण प्रदूषण र सडकमा आवतजावत गर्नेहरुलाई धुलोले असर गरेको भए पनि कार्वाही गर्ने निकाय मौन बसिदिँदा सास्ती खेप्नुपरेको खत्रीले गुनासो गरे । सो भेगका बासिन्दाले क्रसर उद्योगबाट नैकिनटार, श्रीखण्डपुर, चौकोट, तथा पुण्यमाता खोला क्षेत्रमा बसोबास गर्ने मानिसहरु लगायत पनौती बनेपा सडक प्रयोग गर्ने उपभोक्ताहरु समेतको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेर सञ्चालनमा रहेकाले उक्त कारखाना त्यस क्षेत्रबाट हटाई छिटो समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्दै मङ्सिर २ गते निवेदन दिएको थियो ।

क्रसर उद्योग सञ्चालक शेषनारायण सुवालले भने करोडौँ लगानी गरेर सञ्चालन गरेको क्रसर उद्योग बन्द गर्न नसकिने र सार्नका लागि पनि अहिले नै सम्भव नहुने बताउँदै आएका छन् । “जिल्लामा सञ्चालित धेरै उद्योगहरु मापदण्डभित्रमा छैनन्, कि त सरकारले ठाउँ दिनुपर्यो होइन भने चलिरहेको उद्योग बन्द गरेर बस्न सकिँदैन”, सुवालले भने ।

उनले २०५२ सालदेखि सो उद्योग सञ्चालन गर्दै आइरहेको छ । सो विषयमा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले क्रसर उद्योगले वातावरण र मानव स्वास्थ्यमा असर गरेको भन्दै स्थानीय बासिन्दाले उजुरी गरेको उल्लेख गर्दै त्यस विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गरेर आवश्यक कार्वाही गर्ने विषयमा छलफल भइरहेको बताए । समन्वय समितिको नेतृत्वमा सो उद्योगलाई स्थानान्तरणका लागि छिटो व्यवस्थापन गर्न निर्देशन भइरहेको छ । उनले भने, “सो उद्योग मापदण्डअनुसार नभएकाले त्यहाँबाट हटाउनै पर्छ, त्यसका लागि हामीले आवश्यक निर्देशन दिइरहेका छौँ, यदि दिएको निर्देशनअनुसार सार्ने काम गरेन भने हामी एक्शन लिन्छौँ ।”

क्रसर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष भरत घिमिरेले उद्योग बन्द गरेर कसैलाई फाइदा नहुने बताए । आफूहरुले सरकारलाई कर तिरेर उद्योग सञ्चालन गरिहेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि जिल्ला समन्वय समितिसँग छलफल भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीप्रमुख रविकुमार पौडेलले भने सार्नलाई समय दिएकाले चलेको हुन सक्ने बताए । यदि अटेर गरी चलाइरहेको रहेछ भने बन्द गर्नका लागि आफूहरुले दबाब दिने पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले अनुगमनपछि बन्द गर्न दिएको निर्देशनपश्चात् पनि मेशिन सार्नका लागि भनेर अर्को पत्रसमेत पठाउने निर्णय गरिसकेको बताए । उनले भने, “अनुगमनका क्रममा भएको माल पेल्न र सामान बिक्री गरेपछि अरू नपेल्न निर्देशन दिएका थियौँ, फेरि मेशिन फुकाल्नका लागि अर्को चिट्ठीसमेत पठाइसकेको छ ।” सडक र करिडोरको बीचमा रहेको उद्योग मापदण्डभित्र नपरेका कारण दर्ता भएको उद्योग बन्द गर्नुभन्दा पनि स्थानान्तरण गर्न सञ्चालकलाई निर्देशन दिएको केसीले बताए ।

यसअघि पनि वाग्मती प्रदेश कार्यालबाट फागुन मसान्तभित्रमा सञ्चालन भइरहेका ढुङ्गा खानी तथा क्रसर उद्योगहरु तीन महिनाभित्रमा सार्न समयसीमा दिएको भए पनि व्यवसायीहरु प्रतिनिधि मण्डलमा गएपछि उनीहरुकै अनुरोधमा असार मसान्तसम्मको समयसीमा दिएकामा त्यस बखत पनि अटेर गरी उद्योग सञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिले जनाएको छ । “दिएको समयमा पनि कार्यान्वयन नगरेपछि हामीले पछिल्लो समयमा अनुगमन गरेर अर्को निर्देशन दिएका हौँ”, समन्वय प्रमुख केसीले भने, “अनुगमनको प्रतिवेदन पनि तयार गरिसकेको हुनाले त्यस्ता उद्योगलाई के गर्ने भन्ने विषयमा प्रदेशको निर्देशन आएपछि थप प्रक्रिया अगाडि बढाउँछौँ ।”

यसअघि गरिएको अनुगमनका क्रममा जिल्लाको नमोबुद्ध नगरपालिका–४ स्थित पशुपति रोडा–ढुङ्गा उद्योगले नजीकै रहेको निजी जग्गामा दर्ता नगरी २०६१ देखि सञ्चलित खानी, ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले २०६५ देखि रोशी गाउँपालिका–७ मा बिनादर्ता खानी सञ्चालन, नमोबुद्ध नगरपालिका–६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालिले २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी सञ्चालन गर्दै आएको पाइएको अनुगमन समितिले जनाएको छ । समितिले ती उद्योगहरुलाई जिल्ला समन्वय समितिमा कागजात ल्याउन निर्देशन दिएको भए पनि अधिकांश उद्योगहरुले निर्देशन पालना नगरेको पाइएको छ । जिल्लामा करीब दुई दर्जन ढुङगा खानी तथा क्रसर उद्योग सञ्चालनमा छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending