काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
काभ्रे, पाँचखाल नगरपालिका-५ सैंतिस किलोस्थित सडकमा बा.४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सालु गाउँपालिका-२ घर भएका २८ वर्षीय समर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनुहुँ, आबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा ग.१७ प ६३४८ नम्बरको मोटरसाइकल ना.१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थापाको छिमकेश्वरी अस्पताल आबुखैरेनी हुँदै सीएमसी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका-१ छाप बस्ने १९ वर्षीय आषिश आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, दमक नगरपालिका-१० नयलबारीस्थित सडकमा को.३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका-९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, ईच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा शनिबार बेलुका प्रदेश नम्बर-३-०२-०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ८६ वर्षीय गज बहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, पुनर्बास नगरपालिका-२ अम्रैयास्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा कुल बहादुरलाई ठक्कर दिएको आशंकामा भे.१ त ९८८२ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, मायादेबी गाउँपालिका-५ पर्सहवास्थित सडकमा लु.१७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालक लुम्बिनि साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने २२ वर्षीय सोनु बर्माको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिरस्थित सडकमा बा.४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा काठमाडौं महानगरपालिका-११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवं थप अनुसन्धान गरिरहेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: