Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रातो मासुको कालो धन्दा

काठमाडौं । सरकारले भारतीय खसीबोका आयातमा कडाइ गरेको छ। पशु सेवा विभागका अनुसार तीन महिनायता भारतबाट एउटा पनि खसीबोका भित्रिएको छैन। काठमाडौंलगायत सहरमा भने भारतीय खसीबोका नै स्थानीय भनेर बिक्रीवितरण भइरहेको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ- यसअघि दसैंताका ३०–४० हजार खसीबोका राजधानी भित्र्याइएका थिए। काठमाडौंमा सातामा ५ हजार खसी खपत हुने अनुमान छ। चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष जनक खड्का आफूकहाँ भारतीय खसीबोका नआएको बताउँछन्। ‘दसैंपछि वैधानिक रूपमा एउटा पनि खसीबोका काठमाडौंमा ल्याइएको छैन। चोरबाटोबाट फाट्टफुट्ट नआएका भने होइनन्’, उनी भन्छन्, ‘यसमा सरकार जिम्मेवार हुनुपर्छ। भारतबाट आउने खसीबोकामा कडाइ हुँदा चोरी भएर आउने गर्छन्।’

विभागले २०७५ फागुन २६ गतेदेखि क्वारेन्टाइन ऐन कडाइका साथ कार्यान्वयनमा ल्याएको हो। खसीबोका नेपाल भित्र्याउन सम्बन्धित देशले नै स्वस्थ भएको प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा गुणस्तर प्रमाणसमेत प्राप्त गर्नुपर्छ। यो प्रक्रिया पूरा गर्न व्यापारीलाई महिनौं लाग्छ।

भारतीय खसीबोका सहज रूपमा भित्रिन नपाएपछि नेपालको उत्पादनले बजार धान्न सकेन। त्यसपछि भारतीय खसीबोका अवैध रूपले नेपाल छिराउने र राजधानीसम्म ल्याउने काम गिरोहले गरिरहेको छ। जसका कारण राजस्व ठूलो मात्रामा नोक्सान भइरहेको छ। यति मात्र होइन, अवैध तरिकाले आउने खसीबोकाको क्वारेन्टाइन परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यसमेत जोखिममा छ।

काठमाडौंमा दिनहुँ ठूलो परिमाणमा खपत हुने रातो मासु अवैध तवरले भारतबाट भित्र्याइने खसीबोकाकै हुन्छ। प्रश्न उठ्छ– भारतीय खसीबोका कहाँबाट राजधानी भित्रिन्छन् रु पशु क्‍वारेन्टाइन कार्यालय कृष्णनगर कपिलवस्तुका एक कर्मचारीका अनुसार भारतबाट ठूलो मात्रामा खसीबोका अवैध तरिकाले कपिलवस्तुसम्म भित्रिरहेको छ। ‘हामीले भेटेसम्म नियन्त्रणमा लिइरहेका छौं तर अवैध ढंगले ल्याउने क्रम रोकिएको छैन’, ती कर्मचारी भन्छन्, ‘गिरोहले भारतबाट मासिक १० हजारजति खसीबोका भित्र्याउने गरेका छन्। यो काममा प्रहरीदेखि भेटेरिनरी डाक्टरसम्मको मिलेमतो हुन्छ।’

पछिल्ला तीन महिनामा कपिलवस्तुबाट ठूलो मात्रामा खसीबोका राजधानी भित्र्याइएको कागजपत्र अन्नपूर्णलाई प्राप्त भएको छ। पुसमा मात्रै उक्त जिल्लाबाट तीन कम्पनीले ४ हजार ८ सय ४४ वटा भित्र्याए। तीन कम्पनीमध्ये दुइटा कपिलवस्तुका होइनन्। अर्कै जिल्लामा दर्ता कम्पनीले किन कपिलवस्तुबाट मात्रै खसीबोका राजधानी पठाइरहेका छन् रु यी कम्पनीको शंकास्पद कारोबारसहितका कागजपत्र अन्नपूर्णले पाएको छ। यी कम्पनीका नाममा अन्य व्यक्तिले नै खसीबोकाको अवैध कारोबार गरिरहेको स्रोत बताउँछ। केही कम्पनीका मालिकसमेत यो काममा संलग्न रहेको ती स्रोतको दाबी छ।

हेटौंडामा दर्ता रहेको ब्रह्मबाबा सप्लायर्स, कपिलवस्तुमा दर्ता रहेको सत्यम् शिवम् कृषि तथा पशुपन्छी फर्म र चितवनमा दर्ता रहेको आरडी सप्लायर्सले रमा ट्रेड लिंक र कुमार ट्रेड लिंकका नाममा खसीबोका पठाएको देखिन्छ। कुमार ट्रेडका मालिक कुमार ेष्ठ भने यसबारे अनभिज्ञ रहेको बताउँछन्। आफूले कपिलवस्तुबाट एउटा पनि खसीबोका राजधानी नल्याएको उनको दाबी छ। आफ्नो कम्पनीको नाम, प्यान कसैले प्रयोग गरेको जिकिर उनी गर्छन्। आफू खसीबोकाको व्यापारी भए पनि अवैध कार्यमा आफ्नो हात नरहेको उनको दाबी छ।

‘यी खसीबोका मैले काठमाडौं ल्याउन लगाएको होइन। अरू कसैले मेरो नाम, कम्पनीको नाम र प्यान प्रयोग गरेका रहेछन्, म तिनीहरूलाई चिन्दिनँ’, उनी भन्छन्, ‘मैले चिनेका जतिलाई फोन गरेर मेरो कम्पनीको र मेरो नाम नक्कली रसिदमा नराख्नू भनेको छु।’

अन्नपूर्णलाई प्राप्त कागजातअनुसार पुसमा ब्रह्मबाबा सप्लायर्सबाट रमा ट्रेड लिंकका नाममा २ हजार ७ सय ५४ वटा भित्र्याइएको छ। सोही महिना सत्यम् शिवम्बाट रमा ट्रेड लिंककै नाममा १ हजार ७ सय ९० र आरडी टे«डर्सबाट कुमार सप्लायर्सका नाममा ३ सयवटा राजधानी भित्र्याइएको छ।

मंसिरमा पनि कपिलवस्तुबाटै यी कम्पनीका नामबाट ४ हजार ५६ वटा राजधानीमा भित्र्याइएको कागजपत्रले देखाउँछ। त्यसमध्ये आरडी सप्लायर्सबाट रमा ट्रेड लिंकका नाममा २ हजार ९ सय २७, सत्यम् शिवम्बाट रमा ट्रेड लिंककै नाममा ५ सय ७० र सत्यम् शिवम्बाट कुमार ट्रेड लिंकका नाममा ५ हजार ५९ वटा राजधानी भित्रिएका छन्।

नेपालमै उत्पादन भएको कागजपत्र बनाएर राजधानी भित्र्याइएका यी खसीबोका सबै भारतीय रहेको एक व्यापारी बताउँछन्। कलंकीको बजार यिनै कम्पनीका नामबाट आएका खसीबोकाले धानेको ती व्यापारीको दाबी छ। ‘भेटेरिनरीको प्रमाणपत्रमा स्थानीय नै भनिए पनि यी सबै खसीबोका भारतीय हुन्’, उनी भन्छन्, ‘नेपाली खसीबोकाले त काठमाडौंको बजार धान्नै सक्दैन। बाटोमा अनेक च्यानल मिलाएर भारतबाट खसीबोका काठमाडौं ल्याउँछन्। कहिलेकहीं उताकै व्यापारीसमेत आउँछन्।’

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका यी कम्पनीको कारोबार मासिक करोडौं देखिन्छ। २०७६ साउन ३० गते कुल २० लाख लागतसहित दर्ता भएको सत्यम् शिवम् कृषि तथा पशुपन्छी फर्म ९दर्ता नम्बर १०४६/०७६० ले पुसमा मात्र २ करोड मूल्यका खसीबोका राजधानी पठाएको देखिन्छ। २०७२ माघ ५ गते २० लाख लागतमा स्थापना भएको आरडी सप्लायर्स (दर्ता नम्बर ६३४/०७२/७३) ले पनि मंसिरमा ३ करोडबराबरका खसीबोका राजधानी पठाएको छ।

२०६६ चैत २३ गते ५ लाख लागतमा स्थापना भएको ब्रह्मबाबा सप्लायर्स ९दर्ता नम्बर ६४३०० ले पुसमा साढे २ करोड मूल्यका खसीबोका राजधानी पठाएको देखिन्छ।

कपिलवस्तुबाट सबैभन्दा बढी खसीबोका रमा ट्रेड लिंकका नाममा आएको देखिन्छ। यो कम्पनीका सञ्चालक हुन्, चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष खड्का। आफ्नो कम्पनीले खसीबोका भित्र्याइरहेको उनी स्वीकार गर्छन्। ‘कसरी, कहाँबाट भित्रिरहेका छन् भन्ने मलाई जानकारी छैन। म बाहिर–बाहिर हिँड्ने भएकाले यसबारे थप कुरा थाहा छैन’, उनी भन्छन्, ‘म अफिस पुगेपछि यसबारे खोजबिन गर्छु।’

चन्द्रौटाको भारत–काठमाडौं कनेक्सन

राजधानीका खसीबोका व्यापारीमाझ चर्चामा रहने ठाउँको नाम हो, चन्द्रौटा। कपिलवस्तु कृष्णनगरबाट २० किलोमिटर दूरीमा रहेको उक्त ठाउँमा पशु बजार लाग्छ। पशु बजारकै कारण चन्द्रौटा राजधानीका व्यापारीमाझ परिचित भने होइन। भारतबाट अवैध तरिकाले भित्रिने खसीबोका बेचबिखनस्थल भएकाले व्यापारीमाझ चन्द्रौटा परिचित रहेको पाइन्छ।

भारतबाट सबैभन्दा बढी खसीबोका कृष्णनगर नाका हुँदै भित्रिन्छन्। तर, पशु क्‍वारेन्टाइन कार्यालयका अनुसार कात्तिकपछि वैधानिक रूपमा एउटा पनि खसीबोका नेपाल भित्रिएका छैनन्। अवैधानिक तरिकाले मासिक हजारौं भित्र्याइएका छन्।

५०–६० जनाको समूहले दैनिक रूपमा खसीबोका वारि ल्याउने काम गरिरहेको पशु क्‍वारेन्टाइन कृष्णनगरका एक कर्मचारी बताउँछन्। ‘१२ देखि ३ बजेको बीचमा सुरक्षाकर्मी नभएको मौका पारी यिनीहरूले भारतबाट खसीबोका नेपालतर्फ छिराउँछन्’, उनी भन्छन्, ‘कतिपय ठाउँमा तस्करसँग सुरक्षाकर्मीको मिलेमतो हुन्छ।’

भारतीय खसीबोका पहिला चन्द्रौटास्थित पशु बजारमा ल्याइन्छन्। त्यहींबाट सुरु हुन्छ वैध बनाउने खेल। यसमा सबैभन्दा पहिलो भूमिकामा पशु चिकित्सक उभिएका हुन्छन्। एक स्थानीय पशु चिकित्सकका अनुसार पछिल्लो समय माफियासँग भेटेरिनरी प्रमाणपत्रको ठेली नै हुने गर्छ। कतिपय भेटेरिनरी डाक्टरले नै आफूले प्राप्त गरेको प्रमाणपत्रको ठेलीलाई ५० हजारदेखि २ लाखसम्ममा व्यापारीलाई बेच्ने गरेका छन्। त्यो ठेलीमा डाक्टरहरूले एकैपटक हस्ताक्षर र सहीछाप गर्ने गरेको ती चिकित्सक बताउँछन्।

भेटेरिनरी प्रमाणपत्रको काम नेपालभित्रै उत्पादन भएका पशु एउटा जिल्लाबाट अर्कोमा पुर्‍याउन खतरा छैन भन्ने हो। तर, ती पशु चिकित्सकका अनुसार व्यापारीले आफूले प्राप्त गरेका भेटेरिनरी प्रमाणपत्र भारतीय खसीबोकाको अवैध आयातमा प्रयोग गर्छन्। भारतबाट भित्रिएका खसीबोकालाई ‘स्थानीय’ भनेपछि यी प्रमाणपत्रले वैधता दिन्छन्। भारतीय खसीबोका राजधानीसम्म पुर्‍याउन यही प्रमाणपत्रले काम गर्ने गरेको जानकार बताउँछन्।

कपिलवस्तुबाट भित्रिएका अधिकांश खसीबोकाको भेटेरिनरी प्रमाणपत्र डा। सुरज डाँगीले दिएको कागजपत्रमा देखिन्छ। डा। डाँगी भने आफ्नो नाम र डिग्रीलाई कसैले थाहै नदिई प्रयोग गरिरहेको बताउँछन्। ‘यी कुनै पनि कम्पनीसँग मैले काम गरेको छैन। मेरो नाम प्रयोग गरेर अवैध काम गरिरहेका छन्’, उनी भन्छन्, ‘भेटेरिनरीको प्रमाणपत्र बुटवलमा पनि छाप्न सकिन्छ। कसैले काठमाडौंबाट पनि ल्याएर आउँछन्।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending