Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकारी अस्पतालप्रति सांसदकै अविश्वास, निजी र विदेश धाउछन्

काठमाडौं । सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद निजी अस्पतालमा धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरू उपचारका लागि निजी तथा विदेशी अस्पताल पुगेका हुन् ।

आजको राजधानी दैनिकमा खबर छ - संसद् सचिवालयको स्वास्थ्य इकाइका अनुसार सांसदलाई निजामती अस्पताल, वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत सरकारी अस्पतालमा उपचार निःशुल्क गरिए पनि केही सांसद मात्र ती अस्पताल जाने गरेको पाइएको छ । इकाइले आवश्यकताअनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पतालमा रेफर गर्छ । केही सांसद भने इकाइ नै नगई निजी अस्पताल धाउँछन् ।

‘केस हेरेर सांसदलाई रेफर गरिन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारी अस्पतालमा जाने या नजाने, त्यो त बिरामीको कुरा हो ।’
सांसद सन्तकुमार थारूले सरकारी अस्पतालको गुणस्तरीयता बढाउन आवश्यक रहेको बताए । उनले भने, ‘निजी अस्पताललाई पूर्ण निरुत्साहित गर्नुहुँदैन । तर, सरकारी अस्पताल गुणस्तरीय, सुलभ र सस्तो बनाउनुपर्छ । सरकारले पनि सरकारी अस्पताललाई
प्राथमिकतामा राख्नुपर्छ ।’

यस्तै, सांसद मनकुमारी जिसीले सरकारी अस्पतालमा बेड कम भएर सांसदहरू निजी अस्पताल गएको हुन सक्ने बताइन् । उनले भनिन्, ‘मचाहिँ उपचारका लागि त्रिवि शिक्षण अस्पताल जान्छु । तर पनि सरकारी अस्पतालको गुणस्तरीयता वृद्धि गर्न सरकार लाग्नुपर्छ ।’
संघीय संसद् सचिवालयले समेत निजी अस्पतालमा चेकजाँच गरे बिलका आधारमा ५० प्रतिशत खर्च बेहोर्ने भएपछि अधिकांश सांसद निजी अस्पताल जाने गरेको पाइएको छ । इकाइका अनुसार धेरै सांसदमा उच्च रक्तचाप र सुगरको समस्या पाइएको छ ।

प्रतिनिधिसभा सदस्य र राष्ट्रिय सभा सदस्यको स्वास्थ्य जाँचका क्रममा उनीहरूलाई उच्च रक्तचाप र सुगर देखिएको छ । हाल दुवै संसद्मा गरी ३ सय ३४ सांसद छन् । संघीय संसद् र राष्ट्रिय सभाका सांसदको उपचारका लागि स्थापना भएको इकाइले संसद् चलेको बेला संसद् भवनमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको छ ।

संसद् सचिवालयका उपसचिव रामहरि थापाका अनुसार सामान्य प्रकृतिका बिरामीका लागि औषधिको व्यवस्था गर्ने गरिएको छ । उनले भने, ‘ठूला रोगको चेकजाँच हुँदैन । अधिकांश सांसदमा उच्च रक्तचाप देखिने गरेको छ ।’ संघीय संसद् सचिवालयले सांसदको उपचारमा लाग्ने खर्चको व्यवस्थापन गर्दै आएको छ ।

निजी अस्पतालमा चेकजाँच गरे बिलका आधारमा ५० प्रतिशत र सरकारी अस्पतालमा चेकजाँच गरे सम्पूर्ण खर्च संसद् सचिवालयले बेहोर्दै आएको छ । त्यसका लागि संसद् सचिवालयअन्तर्गत रहने गरी बोर्ड गठन गरिएको छ ।

बोर्डले बिल सम्बन्धमा निर्णय गर्छ । इकाइमार्फत प्राथमिक स्वास्थ्य परीक्षण पछि सरकारी अस्पतालमा रेफरसमेत गरिन्छ । एकाइका एक कर्मचारीले भने, ‘प्रारम्भिक अवस्था हेरिन्छ । त्यसपछि उपचार आवश्यक परेमा निजामती अस्पताल, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा रेफर गरिन्छ ।’

उच्च रक्तचापका बिरामीलाई गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र रेफर गर्ने गरिएको इकाइले जनाएको छ । इकाइले संसद् बैठक वस्दा २० जनासम्मको स्वास्थ्य जाँच गर्छ । इकाइले उच्च रक्तचाप र ज्वरो नाप्नेलगायत कार्य गर्दैै आएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending