Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार

काठमाडौं । पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा असुलीको सूचना गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै ठाउँमा पुगेको छ। नेकपाको कीर्तिपुर नगरपालिका इन्चार्च राजु पुतुवारले विभिन्न शिक्षण अस्पताल, संघसंस्था, रेस्टुरेन्ट, उद्योगी÷व्यवसायी एवं निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गरिरहेको उल्लेख छ। गृहले प्रहरी मुख्यालयलाई अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको छ। गृहका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ‘चन्दा संकलनबारे आवश्यक निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्नलाई नियमानुसार कारवाही गरि सो कारवाहीको जानकारी यस मन्त्रालयमा गराउनु।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनकै हस्ताक्षरको अर्को पत्रमा विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही हाल काठमाडौंको कलंकी, स्युचाटार क्षेत्रमा बसी गोप्य योजना बनाएर सक्रिय रहेको उल्लेख छ।

अर्को पत्रमा विप्लवका ललितपुरका कार्यकर्ता दक्षिणी भेग बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकाको कालेश्वर, गोटिखेल तथा आ श्राङलगायत ठाउँमा संगठन विस्तार गरिरहेको उल्लेख छ। पत्रअनुसार यी स्थानमा निगरानी बढाएर कारवाहीको जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ। विप्लवकै सक्रिय कार्यकर्ता भनिएका राजकुमार परियार हाल गोदावरी नगरपालिकाको चापागाउँमा सक्रिय भएको पत्रमा उल्लेख छ।

विप्लव कार्यकर्ताले चन्दा असुलीलाई तीव्रता दिएको सूचना पाएसँगै प्रहरीले सूक्ष्म निगरानी र कारवाही अघि बढाएको जानकारी प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले दिए। उनले भने, ‘चन्दा असुली बढेको सूचना नआएको होइन तर उजुरी कसैले दिँदैनन्। हामीले सूक्ष्म निगरानी बढाएका छौं। उजुरी नआए पनि छुट्टै टिम बनाएर खोजतलास गरिरहेका छौं।’

सरकारले ०७५ फागुन २९ मा विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि प्रहरीले देशभरि १ हजार २ सय ६४ जना विप्लव नेता कार्यकता पक्राउ गरिसकेको छ। पक्राउमध्ये १ हजार १ सय १९ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो। ६४ जना रिहा भए। एक जनालाई मुद्दा चलाउन बाँकी छ। मुद्दा दर्तापछि ९ सय ८१ जना धरौटीमा छुटे भने १ सय ३० जना पूर्पक्षका लागि जेल चलान भएका छन्। ८९ जनालाई प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए। पूर्पक्षमा कारागार चलान भएकामध्ये अधिकांशमाथि एनसेल टावरमा विस्फोट गराएको अभियोग छ।

प्रवक्ता क्षेत्रीले विप्लव वा नेकपाको नाम लिएर जो कोहीले चन्दा मागे तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेका छन्। ‘केही स्थानमा बम विस्फोट र आगजनी गरेर डरत्रास देखाई विप्लव कार्यकर्ताले चन्दा मागेको सुनिन्छ,’ उनले भने, ‘जो जस्लाई चन्दा मागिएको छ, हामीलाई सूचना दिनोस्। हामी कारवाहीको दायरामा ल्याउँछौं।’

विप्लव खोज्दै प्रहरी

प्रहरीले भूमिगत रहेका विप्लवको खोजी तीव्र बनाएको छ। काठमाडौं उपत्यकाको ललितपुरस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट, सुकेधारा, बसुन्धरा र अनामनगरको हनुमानस्थानमा भएको बम विस्फोटको जिम्मासमेत विप्लवकै पार्टीले लिएको थियो। केन्द्रीय प्रवक्ता डीआईजी क्षेत्रीले प्रहरीले विप्लवको खोजी गरिरहेको स्विकारे। उनले भने, ‘हामी विप्लवको खोजीमा छौं। उनी भूमिगत छन् भन्ने बुझिएको छ। सूक्ष्म निगरानी गरिरहेका छौं।’

सुकेधारामा भएको विस्फोटमा चार जनाले ज्यान गुमाएका थिए। ललितपुरको एनसेलमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो। प्रहरीले ती विस्फोटमा संलग्न केही माथिल्ला तहका नेता पक्राउ गरेको थियो। त्यसमध्ये नेकपाको स्थायी समिति सदस्य एवं तत्कालीन मध्यक्षेत्रीय इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ अहिले पूर्पक्षका लागि कारागारमा छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies