Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सरकारमा जान राजपाको सर्त

काठमाडौं । राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रालय खाली राख्नुभएको छ। सरकार र राजपाबीच भएको सहमति भएपछि सरकारमा सहभागी भएको समाजवादी पार्टी बाहिरिएको थियो।

आजकोनेपाल समाचारपत्र दैनिकमा खबर छ - मधेसी दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा सहभागी गराउने तयारी अगाडि बढाउनुभएको छ। दुईबुँदे सहमतिअनुसार दुई नम्बर प्रदेशमा नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा भागवण्डा गर्ने सहमति भएको थियो।

राजपाले सरकारमा सहभागिताको विषयमा निर्णय नलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई दिएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनपछि राजपालाई सरकारमा सहभागी गराउने तयारी सरकारले गरेको छ। तर, सरकारमा सहभागी हुन राजपाले सर्त अगाडि सारेको छ। राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन, झुट्टा मुद्दा फिर्तालगायतको माग सम्बोधन भएको अवस्थामा सरकारमा सहभागी हुन सक्ने बताए ।

उहाँले भन्नुभयो– ‘अहिलेकै अवस्थामा सरकारमा सहभागी हुने कुनै पनि सम्भावना छैन, सरकारमा सहभागी हुन पटक–पटक आग्रह भएको छ, तर मुद्दा सम्बोधन नभई सरकारमा जाने अवस्था नै छैन।’ समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सरकारले राजपासँग दुईबुँदे सहमति गर्दै सरकारमा सहभागी हुनेसम्मको बाटो खुलाएको थियो। सरकारमा सहभागी हुने÷नहुने बारेमा राजपाभित्र पनि विवाद शुरु भएको छ।

राजपा अध्यक्षमण्डलका केही सदस्यहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा देखिएका छन् भने अध्यक्ष महतोसहितका नेताहरू तत्काल सरकारमा सहभागी हुन नहुने पक्षमा देखिएका छन्। पार्टी नेतृत्वबीच विवाद देखिएपछि पार्टीका केही युवा नेताहरूले लिखित रूपमा नै शीर्ष नेतृत्वलाई सम्बोधन गरेर सरकारमा सहभागी नहुन दबाव दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधान संशोधन गर्नुपर्ने अवस्था नभएको अडान दोहोर्याउँदै आएका छन्। राजपाले सरकारमा सहभागी हुन संविधान संशोधन गर्नुपर्ने अडान राखेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending