Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मानव तस्करीको नयाँ रूटस: उड्छन् बाकु, पुग्छन् दुबई

काठमाडौं । मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए। तीमध्ये १ सय ३६ महिला थिए। अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरू यूएई ट्रान्जिटमै हराएको स्रोतले बतायो।

फस्ने÷दुःख पाउने घटना धेरै भए पनि यूएई र कुवेत घरेलु कामदारलाई फकाउन सजिला देश हुन्। घरेलु कामदारका लागि सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले हरेक हत्कन्डा प्रयोग गरेर त्यहाँ लैजाने धन्दा रोकिएको छैन। वैदेशिक रोजगार कार्यालय ताहाचलले अजरबैजानका भिजिट भिसालाई सेटिङमा श्रम स्वीकृति दिएको खुलेको छ। त्यसका लागि कम्प्युटर सफ्टवेयरमार्फत विवरण फेरिएको देखिन्छ। भिसामा भ्रमणको प्रयोजनमा ‘वर्क’ ९काम० लेखिएको छ। तर, बस्ने अवधिमा ३० दिन मात्र छ। ‘सच्याउँदा भ्रमणको प्रयोजन मात्र मिलाउन ध्यान पुगेको हुन सक्छ’, उक्त कार्यालयका कर्मचारीले भने, ‘देखेका भए अवधि पनि दुई वा तीन वर्ष बनाउन सक्थे।’

यूएईमा मानव तस्करी बढेपछि सरकारले त्यहाँको भिजिट भिसामा समेत कडाइ गर्दै आएको छ। अजरबैजानमा भिजिट भिसा पाउन सजिलो छ। २० डलर तिरेमा अनलाइन भिसा मिल्छ। त्यही भएर मानव तस्करीका लागि यो ‘सूत्र’ प्रयोग हुन थालेको हो।

पछिल्लोपटक यहाँबाट उडाइएका अधिकांश महिलाले क्लिनर पदका लागि ताहाचलबाट स्वीकृति लिएका छन्। स्रोतका अनुसार वैदेशिक रोजगार कार्यालय ताहाचल, त्रिभुवन विमानस्थल र एयरलाइन्ससँगको मिलेमतोमा मानव तस्करले यसलाई सम्भव तुल्याउँदै आएका छन्। डिसेम्बर १७ देखि जनवरी १३ सम्म गएका १ सय ४१ जना एयर अरेबिया र फ्लाई दुबईबाट उडेका थिए। सारजाह र दुबई हुँदै अजरबैजानको बाकु पुग्नुपर्नेमा उनीहरू ट्रान्जिटमै हराएका हुन्।

वैदेशिक रोजगार विभागका अनुसार अजरबैजान नेपाली कामदारका लागि खुला भएको मुलुक हो। तर, सुविधा र अन्य हिसाबले त्यहाँ जानेको संख्या नगन्य छ। केही अघिसम्म माल्दिभ्समार्फत् मानव तस्करी हुँदै आएको थियो। माल्दिभ्समा कडाइ गर्नासाथ रुट अजरबैजान मोडिएको हो।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले अजरबैजानका नामबाट मानव तस्करी भएको आशंकामा ताहाचल कार्यालयलाई कडाइ गर्न निर्देशन दिएको बताए। ‘कागजात पेस गरेकाले भिसा अनलाइन चेक गरेर पठाएका छौं भन्ने साथीहरूको भनाइ छ,’ उनले भने, ‘यसबारे थप अध्ययन गर्दै छौं।’ अजरबैजानको भिसा खुकुलो भएकाले मानव तस्करले त्यो बाटो रोजेको हुन सक्ने उनले पनि आशंका गरे। वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले अजरबैजानको कागजात देखाएकाले श्रम स्वीकृति दिइएको बताए। ‘सम्बन्धित देशमा पुगे÷नपुगेको हामीलाई थाहा हुँदैन,’ उनले भने, ‘ श्रम स्वीकृति पाएकाले त्यहीं जान्छ भन्ने विश्वास हुन्छ।’

पछिल्ला दुई वर्षमा अवैध रुपमा वैदेशिक रोजगारमा गएका ८ सय महिलाको उद्धार गरिएको थियो। राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो अध्ययनअनुसार बेचबिखनमा पर्नेमध्ये करिब ९० प्रतिशत महिला हुने गरेका छन्। १८९२९ वर्ष उमेर समूहका महिला बेचबिखनमा बढी पर्ने गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending