काठमाडौं । आगामी ०७७ चैत मसान्तभित्र एकता महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा गरेको सत्तारुढ दल नेकपाले संगठित सदस्यता नवीकरण र अभिलेखीकरणका लागि तीनमहिने कार्यविधि तय गरेको छ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - केन्द्रीय संगठन विभागले बनाएको कार्यविधिलाई सचिवालयले अनुमोदन गरेर कार्यान्वयन गर्न पठाएको नेकपाले जनाएको छ। दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको हस्ताक्षरपछि पार्टीले ‘विशेष परिपत्र ७’ मार्फत् कार्यविधि पार्टी पंक्तिमा पठाएको छ। केन्द्रीय कार्यालयसँग संगठित सदस्यको आधिकारिक अभिलेख छैन। साबिक एमाले र माओवादी केन्द्रको एकतायता नेकपाले संगठित सदस्यता नवीकरण गर्न सकेको छैन।
अब उसले तत्कालीन एमाले र माओवादीमध्ये साबिक कुन पार्टीको संगठित सदस्य रहेको पहिचानसमेत खुल्ने अभिलेख राख्ने भएको छ। एकताको अघिल्लो दिन ९०७५ जेठ २ गते० सम्मको साबिक दुवै पार्टीका सदस्यलाई सदस्यता नवीकरण गर्न उसले तीन महिना समय तोकेको छ। अभिलेख सम्बन्धित भूगोलका प्रदेश र विशेष प्रदेश कमिटीले जिल्ला, गाउँ, नगर कमिटीलाई माघ मसान्तसम्म उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ। ओली–दाहालले गरेको सर्कुलरमा भनिएको छ, ‘०७५ जेठ २ सम्म कायम पार्टी सदस्यलाई संगठित सदस्य मानी ०७६ चैत मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्नुपर्ने छ।’
नवीकरण गराउन कार्यदल
नेकपाले गाउँ तहसम्मै सदस्यता नवीकरण गर्न कार्यदल बनाएर खटाउने भएको छ। गाउँपालिकामा केन्द्र रहेको ठाउँमा र नगरपालिकामा वडाको केन्द्र रहेको ठाउँमा सम्पर्क कार्यालय राखी कार्यदलले सदस्यको अभिलेख राख्ने र नवीकरणका लागि आवश्यक कागजात जुटाउने आन्तरिक सर्कुलरमा उल्लेख छ।
गाउँपालिका र नगरपालिकामा जाने कार्यदल जिल्ला कमिटीको सचिवालय सदस्यको संयोजकत्वमा ५ सदस्यीय हुने। विशेष कमिटीमा रहेकाहरूको हकमा कमिटीले तोकेको स्थानमा विशेष जिल्ला कमिटीको सचिवालय सदस्यकै संयोजकत्वको ५ सदस्यीय कार्यदल परिचालन गर्ने तयारी नेकपाको छ।
आफैं उपस्थित हुनुपर्ने
सदस्यता नवीकरणका लागि गएका कार्यदल सदस्य भएको ठाउँमा सदस्य आफैं उपस्थित भएर आवश्यक कागजात बुझाउनुपर्नेछ। उनीहरूले सदस्यता शुल्क तिरेको रसिद निवेदनसहित सदस्य स्वयं उपस्थित हुनुपर्ने परिपत्रमा उल्लेख छ।
नवीकरणका लागि जाने कार्यदलले केन्द्रीय संगठन विभागले दिएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएकाको सदस्यता नवीकरण गर्न प्रस्ताव तयार पार्ने र जिल्ला कमिटीरविशेष कमिटीले त्यसका आधारमा संगठित सदस्यता नवीकरण निर्णय गर्ने कार्यविधि बनाइएको छ।
केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, कम्युनिस्ट ज्येष्ठ मञ्च, केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयका पदाधिकारी तथा सदस्यहरूको सदस्यता नवीकरण भने केन्द्रकै संगठन विभागको कार्यालयले गर्नेछ। नवीकरण गरेका संगठित सदस्यको अभिलेखको छापा प्रति र डिजिटल प्रति तयार गर्ने र उनीहरूलाई सदस्यता नम्बर उपलब्ध गराउने योजना पनि नेकपाको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: