Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आगामी चैतदेखि मोबाइल र विदेशबाट आउने कल सस्तोमा गराउँदै सरकार

काठमाडौं । सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको अन्तरआबद्धता निर्देशिका २०७६ चैत २० गतेदेखि लागु हुनेछ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने – त्यसपछि एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा गरिने कलको मूल्य घट्नेछ।

दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ।

त्यसमा लाग्ने शुल्कलाई अन्तरआबद्धता शुल्क भनिन्छ।

इन्टरनेटको प्रयोग बढेसँगै पीएसटीएन भनिने ल्यान्डलाईन फोन वा मोबाइलबाट हुने कलमै कमी आउन थालेपछि कतिपय देशले यस्तो शुल्क नै हटाएको जानकारहरू बताउँछन्।

नेपालमा भने मोबाइल कलको मूल्य क्रमशस् कम गर्ने सरकारी नीति अनुसार यस्तो शुल्क कम हुने गरी निर्देशिका ल्याइएको अधिकारीहरू बताउँछन्।

अन्तरआबद्धता शुल्क कति हुन्छ ?
उक्त निर्देशिका अनुसार मोबाइलबाट मोबाइलमा र फिक्स्ड लाइनबाट मोबाइलमा गरिने कलका लागि पहिले तोकिएको भन्दा निकै कम अन्तरआबद्धता दर निर्धारण गरिएको छ।

अर्यालका अनुसार अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ।

चैत २० सम्म यस्तो कलको दर प्रतिमिनेट ५४ पैसा रहने छ।

अर्यालले भने – नयाँ दर लागु भएपछि मोबाइल सेवाप्रदायकहरूले ग्राहकले तिर्ने शुल्कमा पनि कटौती गर्नुपर्ने हुन्छ।

ूयो अनिवार्य लागु गर्नुपर्ने निर्देशिका भएकाले यसले सेवा सस्तो पर्छ।ू

तर प्राधिकरणले एउटा सञ्जालबाट अर्को सञ्जालमा फिक्स्ड लाइनबाट फिक्स्ड लाइनमै वा मोबाइलबाट फिक्स्ड लाइनमा गरिने कलको दर भने पहिलेको भन्दा बढाएको छ।

यस्तो कलको दर पहिले १४ पैसा प्रतिमिनेट रहेकोमा अब २० पैसा प्रतिमिनेट बनाइएको छ।

अहिले फिक्स्ड लाइन फोनको प्रयोगमा निकै कमी आएको र नेपाल टेलिकम बाहेकका सेवाप्रदायकसँग त्यस्तो सेवा पनि नभएकाले यो व्यवस्था गरिएको अधिकारीहरू बताउँछन्।

अधिकारीहरूका अनुसार अहिले नेपाल टेलिकमको सञ्जालबाट अन्य सेवाप्रदायकका सञ्जालको प्रिपेड मोबाइलबाट फोन गर्दा प्रतिमिनेट एक रुपैयाँ ५० पैसा शुल्क लाग्ने गर्छ।

पोस्टपेडका हकमा भने एक रुपैयाँ मात्र रहेको छ।

यो निर्देशिका लागु भएपछि प्रिपेडको प्रतिमिनेट एक रुपैयाँ छ पैसा र पोस्टपेडको ६६ पैसा प्रतिमिनेट शुल्क पर्ने अधिकारीहरू बताउँछन्।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा लागिरहेकोमा शुल्क घटेपछि चाहिँ दुई रुपैयाँ १० पैसा मात्र लाग्ने अधिकारीहरूले जानकारी दिए।

विदेशबाट कल गर्दा सस्तो पर्ने
वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गुनासो गर्दै आएका छन्।

तर नयाँ निर्देशिका लागु भएपछि त्यसमा केही कमी आउने अधिकारीहरूको दाबी छ।

उनीहरूका अनुसार निर्देशिकामा पहिलोपटक विदेशबाट गरिने कलको अन्तरआबद्धता शुल्क पनि तोकिएको छ।

निर्देशिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ।

हरेक वर्ष उक्त दर घट्दै जाने उक्त निर्देशिकामा उल्लेख छ।

त्यस अनुसार आगामी आठ वर्षपछि त्यस्तो दर एक रुपैयाँ ८० पैसा मात्र हुनेछ।

पहिले प्राधिकरणले विदेशबाट आउने कलका हकमा यस्तो दर नतोक्दा सेवाप्रदायकले आफ्नो ढङ्गले शुल्क उठाएको गुनासो आएको थियो।

ूत्यस्तै गुनासो सम्बोधन गर्नका लागि हामीले यो व्यवस्था पनि निर्देशिकामा राखेका हौँ,ू अर्यालले भने।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies