Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

चिकित्सकले सही रिर्पोट लेख्नुहोस् : महान्यायधिवक्ता

भद्रपुर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन्। झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानूनी चिकित्सा र विद्यमान कानूनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताए ।

“मैले चिकित्सकहरुलाई दुरुत्साहन र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हुँ”, उनले भने, ‘जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यहीसर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।”

उनले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आएमा घटनाको सही पहिचान गरेर कानूनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने बताए ।

महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे ।

उनले कतिपय घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गर्दै मिडियाले घटना सार्वजनिक गर्ने मात्र हो अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारको हो भने । राजनीतिक दल, पत्रकार र सामाजिक सञ्जाल चलाउनेहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाबारे अनावश्यक गिजोलिरहेका कारण अनुसन्धान प्रभावित भएको आरोप लगाए। महान्यायधिवक्ताको कार्यालय काठमाडौंँका सहन्यायधिवक्ता लोकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा हरिहर वस्ती, डा अर्चना चौधरीलगायतले सहजीकरण गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies