काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सो पार्टीद्वारा धुम्रबराहस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरेको हो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, “साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन, म समयमै एकीकृत हुन आग्रह गर्दछु ।”
अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चले पनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको भन्दै उनले अब कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताए। अध्यक्ष दाहालले भने, “विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।”
अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।
नेता ‘जीवन्त’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट पारे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: