हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा पनि राजधानीको सम्भाव्यत अध्ययन प्रतिवेदनमाथि प्रदेशसभाको सदस्यहरुले छुट्टाछुट्टै आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।प्रदेशसभा सदस्यहरुले प्रदेशका १३ जिल्लामध्ये बहुसङ्ख्यक जनतालाई पायकपर्ने काभ्रे वा मकवानपुरको हेटौँडामध्ये कुनै एक प्राथमिकताको साथ रोज्नुपर्ने सुझाव दिए ।
उनीहरुले व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर स्थायी राजधानी तोक्ने विषयमा संवेदनशील क्षेत्रलाई मध्यनजर गरेर र बहुसङ्ख्यक जनतालाई सम्बन्धित जिल्लामा नै सेवासुविधा उपलब्ध हुने संवैधानिक व्यवस्थाअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्यहरुले जनताको नाममा राजधानीको विषयलाई राजनीतिको बखेडाभन्दा सिङ्गै प्रदेश र राष्ट्रको वृहत हितका आधारमा सहमतिबाटै निकास दिनुपर्ने आग्रह गरे ।
उनीहरुले सत्तारुढ र प्रतिपक्षको आ–आफ्नो दलको घोषणापत्र र चुनावी रणनीति फरक हुन्छन् तर वर्तमान अवस्थामा तराईको सिमानासँग जोडिएको मकवानपुरलाई राष्ट्रिय एकता र सुरक्षाको अवधारणाका आधारमा सुझाव प्रस्तुत गरे।
प्रदेशसभाका सदस्यहरुले संविधानको मर्म एवं प्रदेशसभाको स्वतन्त्रताप्रति उपयोग गर्ने भावनालाई दलहरुले निषेध गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनीहरुले राष्ट्र सङ्कट परेका बेला दलको भावनालाई बुझेर कठोर निर्णय लिनुपर्ने समय आएकाले सो भावनालाई आत्मसाथ गर्न सबै दल मिलेर मकवानपुरको हेटौँडालाई नै राजधानी कायम गर्न केन्द्रीत हुन आग्रह गरे।
उक्त बैठकमा प्रदेशसभाका २१ जना सदस्यहरुले आ–आफ्नो सुझाव दिएका थिए । बैठकमा राजेन्द्र पाण्डे, प्रेमबहादुर पुलामी, रिना गुरुङ, मुनु सिग्देल, केशवराज पाण्डे, ओमबहादुर घलान, राजेन्द्र गुरुङ, जीवन डङ्गोल, आशमाया तामाङ, रमेश पौडेल, रामकाजी महर्जन र विजुला बर्मा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
यसैगरी प्रदेशसभाका सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सन्तबहादुर प्रजा, केशवप्रसाद पोखरेल, जगतबहादुर सिङ्खडा, न्हुच्छेनारायण श्रेष्ठ, निमा लामा, मिलनबाबु श्रेष्ठ, लालकुमारी पुन र हिमाली बोली पनि छलफलमा सहभागी थिए । प्रदेशसभाका सभामुख सानुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार अर्थात् पुस २५ गने दिनको ३ बजे बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: