Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अष्ट्रेलियामा उच्चस्तरीय भ्रमण गराउन राजदूत दाहालको सक्रियता

क्यानबेरा । झण्डै दुई महिनाअघि राजदूत बनेर अष्ट्रेलिया आएका महेशराज दाहाल दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन सक्रिय भएका छन् । नेपाल र अष्ट्रेलियाबीच दौँत्य सम्बन्ध भएको लामो समय भएको छ । नेपालको यहाँ सन् २००६ मा राजदूतावास स्थापना भएको भए पनि हालसम्म उच्चस्तरीय भ्रमण हुन सकेको छैन ।

राजदूत भएसँगै दाहालले दुवै देश बीचमा उच्चस्तरीय भ्रमण गराएर सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ अघि बढेको बताए । दाहालले यहाँ आएलगत्तै अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्लेलाई भेट गरी नेपालको भ्रमणका लागि अनुरोध गरिसकेका छन् । हुर्लेले भ्रमणलाई सकारात्मक रुपमा लिएका उनले जानकारी दिए । दुवै देशका परराष्ट्र मन्त्रालयहरुमा यस विषयमा छलफल भइरहेको राजदूतावासले जनाएको छ । अष्ट्रेलियामा बेलायती महारानीको प्रतिनिधिका रुपमा गभर्नर जनरल पहिलो मर्यादाक्रममा र कार्यकारी भूमिकामा प्रधानमन्त्री हुने गर्दछ ।

दाहालले भने, ‘नेपालको संविधान दिवस वा अन्य महत्वपूर्ण दिवस पारेर हुर्लेले भ्रमण गर्न इच्छा व्यक्त गरेको बुझिएको छ ।’ सम्भवतः सेप्टेम्बरतिर हुर्लेको भ्रमण हुनुपर्छ दाहालले भने । दाहालसँगको कुराकानीमा हुर्लेले आफ्नी श्रीमतीले यसअघि नै नेपाल भ्रमण गरेको र सुन्दर देश नेपाल एवं आफूले भ्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका बारेमा बेलाबेलामा भन्ने गरेको बताएका थिए ।

उनको भ्रमणपछि नेपालका उच्च अधिकारीको यहाँ भ्रमण गराउने योजनामा राजदूत दाहाल रहेका हालसम्म पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्री एवं पूर्वमन्त्रीहरुले यहाँको भ्रमण गरेको भए पनि कूटनीतिक सम्बन्धको विकासका लागि औपचारिक रुपमा उच्चस्तरीय भ्रमण भएको पाइँदैन । राजदूतावासको तथ्याङ्कअनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टिमोरबाट फर्कंदा यहाँ आएको जनाइएको छ । सन् २०१७ को जुलाईमा तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ अष्ट्रेलिया भोकेशनल टे«निङ इन्स्टिच्युटको कार्यनीति र प्रभावकारिता अध्ययनमा यहाँ आएको उल्लेख छ ।
सन् २०१७ को सेप्टेम्बरमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही मुर्रे डार्लिन रिभर डिजाइनको अवलोकन गर्न, सोही वर्ष सेप्टेम्बरमा नै पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई प्राविधिक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय नेपाली समाजको कार्यक्रममा सहभागी हुन यहाँ आएका थिए । सोही वर्ष नोभेम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव पर्यटन प्रवद्र्धन कार्यक्रम र सन् २०१८ को फेब्रुअरीमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा यहाँ आएको भए पनि यहाँका अधिकारीसँग भेटघाट भएको पाइँदैन ।

पछिल्ला वर्षहरुमा अष्ट्रेलिया सरकारले गर्ने मूल सहयोग रकम विभिन्न शीर्षकमा पठाउने गरेको भए पनि घट्दै गएको देखिन्छ । सहयोग रकम बढाउन र सम्बन्ध अझ प्रगाढ बनाउन दुई देशीय उच्चस्तरीय भेटघाट गराउन राजदूतावास सक्रिय भएको हो ।

राजदूत दाहाल दुई दिनपछि शुरु हुने नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा यहाँ आएका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई सकेसम्म बढी यहाँका उच्च अधिकारीसँग भेटघाट गराउने योजनामा रहेका छन् । यहाँ नयाँ वर्ष र क्रिसमसको बिदा एवं डढेलोका कारण उच्च अधिकारीहरुसँग समय मिलाउन भने निकै कठिन भएको उनले जानकारी दिए । दाहाल मुख्य रुपमा हवाई सम्झौताको कार्यान्वयनका लागि यहाँका अधिकारीहरुसँग भेटघाट गराउने तयारीमा जुटेका छन् ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजु अधिकारी दाहाल आएपछि राजदूतावासले सक्रिय रुपमा काम अघि बढाएको बताउँछन् । दाहाल आएको केही महिना नपुग्दै उनको क्रियाशीलता उदाहरणीय रहेको भन्दै उनले दुई देशबीच उच्चस्तरीय भ्रमण गराउन सकेमा भावी दिनमा काममा निकै सहजता आउने बताए ।

अष्ट्रेलियाले गर्ने सहयोग रकम घटेको भन्दै नेपाली विद्यार्थीको यहाँ ठूलो लगानी भएकाले सहयोग रकम बढाउन पहल गर्नुपर्ने अधिकारी बताउँछन् । हाल अष्ट्रेलियामा एक लाख ५० हजार नेपाली छन् । यसमा करिब ५० हजार विद्यार्थी अध्ययनरत रहेको अनुमान छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending