Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रदेश ३ को राजधानी : प्रदेशसभा सदस्यलाई बन्यो गलपासो

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौंडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् ।

प्रदेश नं। ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुईतिहाइभन्दा बढी सदस्यले हेटौंडा स्थायी राजधानी उपयुक्त छैन भन्ने धारणा बाहिर ल्याउँदा पनि नेकपाभित्र भने पार्टीको ह्वीप जारीले नेकपाका प्रदेशसभा सदस्यलाई थप समस्या भएको हो ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले स्थायी राजधानी हेटौँडा अधिकांशका लागि अनुपयुक्त भएको बताउँदै भक्तपुर या काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने बताए। अधिकांश प्रदेशसभा सदस्यको चाहना काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने धारणा रहेको बताउँदै उनले भने, ‘सबै दृष्टिकोणले भक्तपुर वा काभ्रे उपयुक्त हो, शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भनेर प्रतिवेदन बुझाएकै हो, हामीले चुनावमा प्रतिबद्धता जनाएकै हौँ तर अहिले पार्टीको परिस्थिति फरक हुँदा समस्या आएको छ ।’

अर्का सदस्य चेतनाथ सञ्जेलले हेटौँडा स्थायी राजधानी अनुपयुक्त भएको भन्दै पार्टी सचिवालयको निर्देशकसहित काभ्रे वा हेटौँडाकाबारेमा छलफल गरेर सहमति कायम गर्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँले काभ्रेमा राजधानी नबनाउन नेकपाभित्र निकै चलखेल भएको बताउँदै काभ्रे विरुद्ध अदृश्य शक्तिसमेतको चलखेल बढेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुईतिहाइ बहुमतभन्दा बढी काभ्रेको पक्षमा मतदान हुने जिकिर गरे । उनले भने, ‘हामी इतिहास रचेर जान्छौँ, काभ्रेको पक्षमा मतदान गर्छौँ, हाम्रा सन्ततीलाई हामीलाई धिक्कार्ने बाटो दिँदैनौं ।’

पार्टीको लिखित निर्देशन नआएकाले सुझावलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सदस्यहरूको भनाइ छ । अर्का प्रदेशसभा सदस्य रत्न ढकालको पनि उस्तै भनाइ छ । उनले भने, ‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छौंं, बहुमत सांसदको चाहना हेटौँडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र विभिन्न खालका प्रलोभन बाँडेर काभ्रेको पक्षमा दुईतिहाइ पुग्न नदिने षडयन्त्र भइरहेको छ ।’ उनले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुःखद् भएको बताउँदै संवैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गरे ।

अर्का सदस्य लक्ष्मण लम्सालले हेटौँडा मै पनि पार्टीको गुटको भेला हुनु दुःखद् भएको बताउँदै अन्तिम समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताए ।
अर्का सदस्य चन्द्र लामाले भोलि २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउँदै संविधान र पार्टीको विधान विपरीत निर्णय आउनु विडम्बना भएको बताए । उनले भने, ‘पार्टीको जस्तोसुकै निर्देशन आओस, काभ्रे मै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नुपर्छ भन्ने छैन, मतदानमा ‘फ्लोर क्रस’ हुन्छ, हुन्छ ।’

अहिले हटौँडाका प्रदेशसभा सदस्यको बस्ने खानेसमेत टुङ्गो नहुँदा र होटलमा बस्नु पर्दा तलबसमेत नबच्ने गरेको गुनासो बढेको । हेटौंडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतासमेत रहेको भन्दै अधिकांश सदस्यले प्रदेश राजधानी हेटौँडा अनुपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले तत्काल द्रुतमार्ग, कान्ति लोकपथ, भीमफेदी कुलेखानी सुरुङ मार्ग, फर्पिङ फाखेल सडक निर्माण सम्पन्न र फर्पिङ फाखेल, कुलेखानी हेटौंडा सडकको स्तरोन्नति गर्नुपर्ने सभा सदस्यहरूको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending