सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताएका छन् । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उनले सहकारी मुलुकको अर्थतन्त्रको बलियो आधार खम्बा भएको बताए ।
उनले भने, “अहिले युवा तथा घरेलु बेरोजगारहरुको रोजगारीको माध्यम सहकारी बन्दै गएको छ । सहकारीहरुले कर्णालीको गरीबी घटाउन प्रशंसनीय काम गरेका छन् ।” त्रिपन्न हजार शेयर सदस्य बनाएर बौद्ध ग्रामीण सहकारी सुर्खेतले यहाँका नागरिकको आर्थिक विकासमा ठूलो सहयोग पुर्याएको भन्दै सहकारीमन्त्री केसीले भने, “कर्णाली सरकारले कृषि र लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छ । बौद्ध सहकारीले लिएको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आवश्यक सहयोग गर्छ ।”
प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री केसीले कर्णाली सरकारले सहकारीको कानून बनाइसकेको र नियमावली बनाउने क्रममा अघि बढेको बताए । सहकारीहरुको व्यवस्थित गर्न बनेको उक्त कानून तथा नियमावलीले बौद्ध सहकारीलाई यहाँका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य पूरा गर्ने विश्वास दिलाउँदै उनले सहकारीमा लाग्ने सबै शेयर सदस्य आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले सम्पन्न हुने जिकिर गरे ।
कार्यक्रममा पायनियर बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीका क्षेत्रमा कर्णाली सरकारलाई लगानी गर्न अनुरोध गरे । बौद्ध सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले समाजका सबैलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा अनुशासित बन्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: