पोखरा । चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ ।
भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण महोत्सवस्थल भरिभराउ हुने गरेको छ । महोत्सवमा हाँस्य कलाकारको प्रस्तुतिदेखि गीत, नृत्य आदिले सहभागीलाई लठ्याएको छ नै, यहाँ राखिएका व्यापारिक प्रदर्शनी कक्षमा किनमेल गर्नेको भीडभाड देखिन्छ ।
महोत्सवको तेस्रो दिन शनिबारसमेत परेकाले दिनैभर महोत्सवस्थल खचाखच भरिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । १५ वर्षअघि सुन्तला महोत्सवबाट शुरु भएको महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उनले बताए ।
‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने विश्वास गरिएको छ । महोत्सवस्थलमा शनिबार देखिएको दर्शकको उपस्थितिले आपूmहरूलाई उत्साहित भएको प्रदर्शनी कक्ष नं १८० मा आधुनिक पोशाक कक्ष राखेका गोरखाका हरि सापकोटाले बताए ।
महोत्सवमा सामान्यत मनोरञ्जन लिन, सरसमान किन्नका साथै आफ्ना सहपाठी, इष्टमित्र र साथी दामलीलाई भेट्न पाइने लक्ष्यका साथ दर्शक आउने गरेको छन् । प्रदर्शनी कक्ष नं ११२ मा किवीको स्टल राखेका दोलखा जिरीका पासाङतेन्जी शेर्पाले दर्शकको उपस्थितिले आफूहरूको व्यापार पनि बढेको बताए । महोत्सवमा पोखरा र आसपासका साथै तनहुँ, स्याङ्जालगायतका जिल्लाबाट दर्शक आएको उहाँले जानकारी दिए ।
महोत्सवमा राखिएका विभिन्न विद्यालयका प्रस्तुतिले मनोरञ्जनका साथै विद्यार्थीलाई ज्ञानगुनका कुरासमेत सिक्ने अवसर मिलेको छ । विद्यार्थीले मेहेनत गरेर बनाइएका सामग्री शैक्षिक प्रदर्शनीमा रहेका छन् । महोत्सवमा राखिएका आर्थिक, समाजिक, कृषि र पर्यटनसम्बद्ध सामग्रीले यस क्षेत्रको समग्र विकासका लागि पनि प्रेरणा दिने गोगन मावि कक्षा ११ की छात्रा ऐश्वर्या पौडेलले बताए ।
महोत्सवमा राखिएका सूचना प्रविधिका ३० कक्ष रहनुका साथै नवीनतम प्रविधिको प्रयोग, फ्रि वाइफाइ आदिले पनि युवापुस्तालाई आकर्षित गरेको सूचना प्रविधि संयोजक बुद्घि बाँस्तोलाले जानकारी दिए। दिनभरि मञ्चका रमाइला कार्यक्रम हेर्दै घर फर्कँदा आवश्यक सामग्री खरीद गर्ने क्रम बढेकाले महोत्सवस्थल व्यापारिक थलोजस्तै बनेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: