नुवाकोट । नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिएका छन् ।
बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनुसन्धान केन्द्र त्रिशूलीको सञ्चालन तथा त्यहाँबाट प्रवाह हुँदै आएको सेवाको जानकारी लिँदै नेपाल र उत्तरकोरियाबीच माछापालनको अनुभवलाई एक अर्कामा आदानप्रदान गर्न सकिए उत्पादन वृद्धि र लागत कम गर्न सकिने विश्वास व्यक्त गरे ।
“नेपालमा सफलरुपमा उत्पादन भइरहेको र धेरैको रुचिमा पर्ने ट्राउट माछा उत्तरकोरिया सञ्चालन गर्न इच्छा लागेको छ ।” उनले भने, “आवश्यक तयारी तथा उत्पादनदेखि बजारीकरणसम्मको अवस्थाको जानकारी लिँदा दुई देशबीच कूटनीतिक पहलमार्फत कृषि क्षेत्रमा साझेदारी कार्यक्रम चलाउन आवश्यक लागेको छ ।”
मस्य अनुसन्धान केन्द्रका प्रमुख ईश्वरीसिंह महतोसहित कार्यालयका प्राविधिकसँग करिब चारघण्टा भएको छलफल र माछापालनको लागि स्थलगत अनुगमनपश्चात् उत्तरकोरियामा उत्पादन हुने माछा र तरकारीखेतीलाई नेपाल भित्र्याउन र यहाँको माछा र तरकारी खेती प्रणालीलाई लैजान आफूले पहल अघि बढाउन चाहेको उनको भनाइ छ ।
पछिल्लो समयमा उत्तरकोरियाबाट नेपालमाथि हुँदै आएको सहयोग कार्यक्रम तथा लगानी कमजोर हुँदै गइरहेको अवस्थामा राजदूत मेनले नुवाकोटको मत्स्य अनुसन्धान केन्द्रपश्चात् बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाको विभिन्न स्थानका किसानको ट्राउट माछापालन र कफीखेतीको अवलोकनपश्चात् दुई राष्ट्रबीच कफी र माछापालन कार्यक्रम सञ्चालनको योजना चलाउन तयारी अघि बढाउने जानकारी दिए ।
उनले मस्य अनुसन्धान केन्द्र र यहाँका किसानले पालन गर्दै आएको ट्राउट, टिलापिया, कमनकार्पलगायत जातका माछा र कफीखेती सञ्चालन गर्न दुई देशबीच समझदारी भएमा यान्त्रीकरणको प्रयोग, कम लागतमा बढी उत्पादन, बिक्रीको लागी विश्व बजार पु¥याएर परम्परागत खेतीलाई व्यावसायिकतर्फ उन्मुख गराउन सकिने प्रतिक्रिया दिए ।
“दुई देशबीच कृषिअन्तर्गत तरकारी, कफी र माछापालन सञ्चालनमा साझेदारी कार्यक्रम चलाउन भ्रमण निकै उपलब्धि रह्यो ।” उनले भन्नुभयो “हामी आत्मनिर्भर कसरी बन्ने भन्नेमा चिन्तित छौँ, यसमा नेपाल पनि हुनुपर्ने देखिन्छ । त्यसका लागि दुई देशबीच सहकार्य आवश्यक छ ।” रासस
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: