दार्चुला । मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउछिन् । उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि उक्त रकम पाउछिन् ।
रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले रु ८०० पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने रु २५० पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् । “महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौँ”, स्थानीय सरिता टमटाले भनिन् । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरिन् ।
सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरुले थोरै ज्याला पाएको महिलाहरुको गुनासो छ । “महिलाले गरेको कामको मूल्याङ्कन हुँदैन”, सरिताले भनिन्, “विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौँ, तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ ।”
महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्छिन् । जिल्ला बाहिरबाट खलङ्गा आउने गाडीका यात्रुको भारी बोक्न कुर्छिन् । महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछन् । सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ ।
परिवारको आर्थिक दायित्व पूरा गर्ने अरू कुनै विकल्प नभएपछि विगत नौ वर्षदेखि भरियाको काम गरेर गुजारा गर्ने गरेको उनले बताइन् । उनीहरुले दिनभर काम गर्दा पनि पुरुषसरह ज्याला नपाउने उनले सुनाइन् । धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै रु २०० पाउँदा महिलाले रु १०० माग्दा पनि पाउँदैनन् ।
दुहु गाउँपालिका–४ की जैमती कुँवर श्रमअनुसारको ज्याला नपाएकामा दुखेसो गर्छिन् । “काम अनुसारको ज्याला नै पाइँदैन”, उनले भनिन्, “ग्रामीण भेगमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने र खानाबाहेकका सामान जोहो गर्न ज्यालादारीमै काम गर्नुपर्ने बाध्यता छ ।” हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष दानीराम तिरुवा विगतदेखि नै महिलाले कामको कम मूल्य पाउने गरेका बताउछन् ।
“हलिया मुक्ति भयो, खलोमा काम गर्ने चलन हट्यो”, उनले भने, “तर तिनै मालिकको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन् ।” पुरुषले बिहान १०ः०० बजेदेखि बेलुकीसम्म काम गरे दिनको रु ८०० पाउने गर्छन् । तर महिला बोल्न नसक्दा समस्या भएको उनले बताए । जिल्ला दररेट निर्धारण समितिले भने आठ घण्टा काम गरेवापत दक्ष कामदारको रु ९५० र अदक्ष कामदारको रु ७०० निर्धारण गरेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: