Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

दुई दशकपछि कालोपत्रको काम धमाधम

बलेवा । बागलुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रको काम शुरु भएको छ ।

एक्काइस किमी सो सडकखण्डमध्ये आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कामसक्ने गरी १० किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको हो । गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरणमा प्रादेशिक सडक ‘क’ वर्गमा परेको यो सडकको कालोपत्र गर्ने काम थालिएको भौतिक पूर्वाधार कार्यालाय पर्वतले जनाएको छ ।

गत असारमा बोलपत्र प्रक्रिया थालिएको सो सडकको १० किलोमिटर खण्डको काम भदौ १० गतेबाट शुरु भएको हो । सडक स्तरोन्नतिसहित कालोपत्रको जिम्मेबारी पाएको कर्ण विल्डर्स प्रालिले कामलाई तीव्र बनाएको छ । काम शुरु गरेको पहिलो तीन महिनामै १५ प्रतिशत काम सकिएको निर्माण कम्पनीका साइड सुपरभाइजर सन्दिप श्रेष्ठले बताए ।

मालढुङ्गाभन्दा केहीअघि कालीगण्डकी करिडोरदेखि पाग्जासम्मको झण्डै चार किलोमिटर सडक २०७३ मा पक्की बनेको थियो । सडक विभागले पक्की बनाएको उक्त सडकको अन्तिम विन्दुदेखि कुश्मीशेरातर्फ १० किलोमिटर खण्ड कालोपत्रको काम यो आर्थिक वर्षमा शुरु भएको हो । यो योजना अन्तर्गत पाग्जादेखि टाकुरीसम्मको सडक कालोपत्र हुनेछ ।

भौतिक पूर्वाधार मन्त्रालयको रु २६ करोडको लगानीमा उक्त सडक कालोपत्र हुँदै छ । यो रकम कर बाहेकको रकम हो । विसं २०७८ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी निर्माणको जिम्मेवारी लिएको कम्पनीले ९ किलोमिटरमा माटो काट्ने, पक्की पर्खाल बनाउने, तारजालीसहितको पर्खाल बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको छ । बाँकी एक किलोमिटरमा पनि क्रमशः काम अघि बढेको निर्माण कम्पनीले जनाएको छ ।

“प्रारम्भिक चरणको काम अन्तिम चरणमा पुगेको छ”, श्रेष्ठले भने “नाली निर्माणको काम धमाधम भइरहेको छ । एक दुई महिनामा नै हामीले आधा काम सक्छौ ।” दुई वर्षको समायावधि लिएर काम थालेको कम्पनीले कुनै बाधा अवरोध नभएमा एक वर्षमै कामसक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक नवीन गुरुङले बताए ।

सो सडक निर्माणका लागि कम्पनीले ३०० जना मजदूर र दुईदर्जन बढी साना ठूला मेसिनरी सामान प्रयोगमा ल्याएको छ । प्रारम्भिक चरणको कामबाट सरोकारवालासमेत सन्तुष्ट देखिन्छन् । “यो सडकको काम सोचे भन्दा द्रूतगतिमा भएको छ”, बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले भने, “तोकेको भन्दा छ महिनाअघि काम पूरा गरे निर्माण कम्पनीलाई हामी सम्मान गर्छौं ।” स्थानीयवासीले सडकको कामबाट सन्तुष्ट रहेको बताएका छन् । “हामीले पनि भरपुर सहयोग गरेका छौं, काममा अवरोध हुन दिँदैनौ”, सडक प्रभावित क्षेत्रका स्थानीय उमानाथ शर्माले भने, “समयमा काम हुने आशा पलाएको छ ।” जिल्लाको दक्षिणमा रहेका सबै गाउँ जोड्ने सडक भएकाले यो सडकमा सर्वसाधारणको चासो बढी रहेको छ । “हामीलाई स्थानीय अवरोध भएन र निर्माण सामग्री सहज पायौं भने छिट्टै काम सक्छौं”, साइड इन्चार्ज श्रेष्ठले भने, “एक दिन पनि काम रोकेका छैनौ, समयमा हस्तान्तरण गर्छौं ।” भौतिक पूर्वाधार कार्यालयले पनि अन्य सडकको तुलनामा यो सडकको काम सन्तोषजनक रहेको जनाएको छ । “हामीले समयमा काम सक्न प्रेरित गरेका छौं’ भौतिक पूर्वाधार कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले भने, “अब छिट्टै बागलुङको दक्षिण पक्की सडकसँग जोडिन्छ ।”

तत्कालीन जिविसले २०५४ मा निर्माण थालेको यो सडक खण्ड २२ वर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे थियो । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्कसमेत अझै कतै भेट्न सकिंदैन । कहिले जिविस, कहिले आरआइडिपी, कहिले ड्रिलीप र कहिले स्थानीय तहको बजेट लगानी परेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्र्याकमा करोडौँ खर्च भएको थियो । यो खण्डमै दोस्रो पटक एडिबीकै सहयोगमा रु १६ करोड लगानी गरियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले यो सडक ग्राभेलको काम गरेको थियो ।

विसं २०७० देखि ०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पूरा भयो । बाटो हस्तान्तरण भएकै वर्ष पनि सहज यात्रा भएन । स्थानीय तह गठन हुँदा पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । स्तरोन्नति र कालोपत्र गर्न नगरको बजेटमा साथ दिने दाताको खोजी गर्दा काम ढिलाइ भएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । तर गतवर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत यो सडकमा रु एक करोड लगानी गरेर डेढ किलोमिटर कालोपत्र गरिएको छ । केही खण्डमा स्टिमेट त्रुटी हुँदा कालोपत्र उप्कियो । तर पनि यो सडकलाई कालोपत्र गरिछाड्ने भन्दै नगरपालिका र सांसद डा सूर्य पाठक अगाडि बढाएका छन् ।

यो वर्षपनि यो सडकको सेरातर्फ र बलेवा खण्डमासमेत बजेट परेको छ । कुश्मीशेरातर्फबाट कालोपत्र गर्नका लागि साझेदारी कार्यक्रमबाट रु दुई करोडको बोलपत्र खुलेको छ भने केन्द्रिय रणनीतिक सडक अन्तर्गतको रु एक करोड बजेटको पनि काम शुरु हुने चरणमा रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending