कास्की । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ ।
क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।
यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । ‘खेलको म्यान अफ दि म्याच’ मल्लले ३८ बलमा आठ चौका र नौ छक्कासहित टोलीका लागि महत्वपूर्ण १०० रनको योगदान दिए ।
धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भएको थियो ।
प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो । मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो ।
धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न सकेनन् भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिए । श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्को रन जोड्न सकेनन् ।
काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई/दुई तथा अमृत भट्टराई र सुशन भारीले एक/एक विकेट लिए ।
काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किए । अर्का शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोडे। त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए।
धनगढीका कमल सिंह ऐरीले चार ओभर बलिङ गर्दै चार विकेट लिएर ३७ रन खर्चिनुभयो भने सागर ढकालले एक विकेट लिएका थिए । पुस १२ गतेसम्म जारी रहने प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेता टिमले रु १० लाख पुरस्कार हात पार्नेछन् ।
त्यसैगरी ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: