काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयबाट भद्रकाली मन्दिर निस्कने सडकमा पेटी एवं ड्रेन निर्माण जारी रहेको छ ।
मुलुकको प्रशासनिकस्थल सिंहदरबारको प्रदेशद्वारमा अवस्थित सडक खण्ड सडक डिभिजन कार्यालय काठमाडौँले हालै कालोपत्र गरेको थियो । यहाँ रहेका विभिन्न कार्यालयले सहयोग जुटाएर ड्रेन तथा पैदलमार्गका लागि पेटी बनाउने काम अगाडि वढाएका थिए । ड्रेनको व्यवस्था नहुँदा वर्षाद्का समयमा यहाँका कार्यालय जलमग्न हुने गरेका थिए । सवारी र पैदल हिँड्नसमेत समस्या रहिआएको थियो
ड्रेन र पैदलमार्ग निर्माणमा रु ७० लाख ३१ हजार लाग्ने प्रारम्भिक लागत तयार भएको नेपाल टेलिकमकी सहायक सूचना अधिकारी सीता खनालले जानकारी दिइन् । उनले भद्रकाली प्लाजा क्षेत्रमा रहेका सबै कार्यालयले ती कार्यका लागि सहयोग जुटाउने भनिए पनि नजुटेसम्म आवश्यक बजेट टेलिकमले नै उपलब्ध गराएको बताइन् ।
यसअघि यो सडकलाई युनियन नेटवर्क इन्टरनेशनल (युएनआई) मार्ग नामाकरण गरी कालोपत्र, बगैँचा निर्माणका लागि पहल गरिएको थियो । कर्मचारीको अन्तर्राष्ट्रिय सङ्गठन रुपमा रहेको युएनआईले केही बजेट राखी बाँकी काठमाडौँ महानगरपालिकाको समेत सहयोगमा ती काम अघि बढाइए पनि विविध कारणले बीचमै अल्झिएको थियो ।
हाल सडक ६।५ मिटर चौडाइ, एक मिटर पेटी र एक मिटर ढल निर्माण गरिँदैछ । सिंहदरबार भद्रकाली सडक नामाकरण गरिएको यो सडक ४०० मिटर लम्बाइ कालोपत्र गरिएको हो । अन्यत्रै विनियोजन गरिएको बजेटबाट यो सडक निर्माण गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठले बताए ।
पेटी बनाएपछि इच्छुमती (टुकुचा) माथिको पुल क्षेत्रमा के गर्ने भन्ने समस्या रहेको जनाइएको छ । पुलसमेत जीर्ण भइसकेकाले नयाँ हाल्न सडक डिभिजन कार्यालय काठमाडौँसँग माग गरिएको छ । सडकको तल्लो भागमा पेटी निर्माण गरिए पनि माथिल्लो भागमा युएनआईले बगैँचा बनाउन सक्ने गरी ठाउँ छोडिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: