तुलसीपुर । दाङमा अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ । दाङमा सञ्चालित १४ हजार ४२१ उद्योगमध्ये ७ हजार ९०३ उद्योग मात्रै दर्ता भएर सञ्चालनमा आएको जिल्ला तथ्याङ्क कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख तुलसीराम पोख्रेलेका अनुसार अझै पनि ६ हजार ५१८ वटा साना उद्योग दर्ताबिनै सञ्चालनमा आएका छन् ।
यी उद्योगलाई दर्ता प्रक्रियामा ल्याउने गरी प्रक्रिया अघि बढाउनु पर्नेसमेत उनको भनाइ छ । “दाङमा उद्योगको हामीले तथ्याङ्क सङ्कलन गरेका छौँ”, उनले भने, “तीमध्ये अधिकांश उद्योग दर्ताबिनै सञ्चालनमा आएको पाइएको छ, यी उद्योगलाई मापदण्डमा ल्याउनुपर्छ ।”
दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा धेरै उद्योग रहेका छन् । घोराहीमा मात्रै रहेका ५ हजार २१९ प्रतिष्ठानमध्ये ३ हजार ८० वटा दर्ता भएर सञ्चालन गरेको पाइएको छ भने २ हजार १३९ राज्यका निकायमा दर्ता हुन नसकेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा ३ हजार ६८८ रहेका छन् । जसमा १ हजार ९७७ मात्र दर्ता भएका छन् भने १ हजार ७११ दर्ता नभएको पाइएको छ । लमही नगरपालिकामा १ हजार ३४३ उद्योग रहेकोमा ७६२ दर्ता भएका छन् भने ५८१ दर्ता नभएको पाइएको छ ।
त्यस्तै बङ्गलाचुली गाउँपालिकामा ३८७ प्रतिष्ठानमध्ये १५६ दर्ता भएको र २३१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । शान्तिनगर गाउँपालिकामा ४७४ प्रतिष्ठानमध्ये १७९ दर्ता भएका र २९५ दर्ता भएका छैनन् । बबई गाउँपालिकामा ५०४ प्रतिष्ठानमध्ये २०४ दर्ता भएको र ३०० प्रतिस्ठान दर्ता नभएका रहेका छन् । दगीशरण गाउँपालिकामा ३६० प्रतिष्ठान रहेकोमा १३२ वटा दर्ता भएका र २२८ दर्ता नभएका रहेका छन् ।
यसैगरी राप्ती गाउँपालिकामा १ हजार २१८ मध्ये ७९१ वटा दर्ता भएका र ४२७ वटा दर्ता नभएका रहेका छन् । गढवा गाउँपालिकामा ९०५ मध्ये ४८० वटा दर्ता भएका र ४२५ वटा दर्ता नभएका रहेका छन् । राजपुर गाउँपालिकामा ३२३ वटा प्रतिष्ठान रहेका छन् । जसमध्ये १४२ वटा दर्ता भएका र १८१ वटा दर्ता नभएको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा पछिल्लो समय उद्योग तथा कलकारखाना स्थापना हुने क्रम बढेको तथ्याङ्कले देखाएको छ । विसं २०७० देखि २०७५ साल जेठसम्म ९ हजार १५९ उद्योग थपिएका हुन् ।
जिल्लामा विसं २०६० देखि २०६९ सम्म ३ हजार ६९७ वटा थपिएका थिए । त्यसैगरी विसं २०६० भन्दा अघि एक हजार ३५४ वटा स्थापना भएका थिए भने सञ्चालन मिति नै थाहा नभएका २११ वटा रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कले जिल्लामा आर्थिक विकास वृद्धि हुँदै गएको पाइएको प्रमुख पोख्रेलले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: